१२ श्रावण २०८१, शनिबार
Logo

लगातारको बर्षाले नेपालगञ्ज डुबानमा

नेपालगञ्ज । पानीको निकास हुन नसक्दा नेपालगञ्ज डुबानमा परेको छ ।

बागेश्वरी मन्दिर भएर बग्ने नाला तथा सदरलाइन हुँदै भेरी प्राविधिक शिक्षालय भएर बग्ने मुख्य नाला थुनिँदा जनस्वास्थ्य कार्यालय पछाडिको बस्ती डुबानमा परेको छ ।

ढल तथा नालाको निकास थुनिँदा नेपालगञ्ज उपमहानगरपालिकाका विभिन्न वडा डुबानमा परेका छन् । ठेकेदारले अधुरै छाडेपछि नालामा घाँस उम्रिएर निकास थुनिएको हो ।

पानी जम्मा भएपछि बस्ती पूरै डुबानमा परेको छ । सो ढल उपमहानगरपालिकाले एकीकृत सहरी विकास आयोजनामार्फत एशियाली विकास बंैकको ऋण अनुदान सहयोगमा दुई वर्षअघि निर्माण गरेको हो । सडकमा हिँडडुल गर्न समस्या भएको छ ।

वर्षापछि आएको बाढीका कारण बर्दियाको सत्तिघाट पुल जोखिममा परेको छ । बर्दियाको राजापुर र कैलालीलाई जोड्ने सत्तिघाटस्थित कर्णाली नदीमा निर्मित पुल जोखिममा परेको हो ।

पुलको राजापुरतर्फको भागमा प्वाल परेको छ । तटबन्ध बर्सेनी भासिँदै गएको छ । कणाली नदी धार परिवर्तन गरी पुलको किनाराबाट बग्न थालेको छ ।

पुल निर्माण गरिएको एक वर्षपछि तटबन्ध भत्किन थालेको राजापुर नगरपालिकाका प्रमुख शिवप्रसाद थारूले बताए । नदीमा पानीको सतह बढेसँगै तारजाली भासिँदै गएको छ । रासस

प्रतिक्रिया दिनुहोस्