१२ श्रावण २०८१, शनिबार
Logo

तरकारी खेतीबाट महिना मै लाखौ आम्दानी

म्यागङ गाउपालीकाका तरकारी तथा कृषी उपजको उपादन र बिक्रीको क्षेत्रमा चर्चा बटुली रहकेको छ । फासाङको आलु रायोको साग ,हरियो चिया ,भुइ स्याउ किम्ताङको चिया । त्यस्मा पनि म्यागङ गाउपालीका वडा नं ३ फासाङका सोम बहादुर तामाङ्गको फामका तरकारी भन्ने बित्तिकै पुरै नुवाकोट परिचित छ ।

५२ बर्षका तामाङका छोरा कुबेतमा काम गर्छन् । उनका अनुसार बर्षमा करिब नौ लाख घरमा पठाउछन् । तर उनले आफुले बर्ष भरी तरकारी खेतीबाट करिब ३० लाख नाफा कमाउने गरेको जालपा न्युज संगको भेटमा बताए । अहिले उनले करिब १२ रोपनी जमिनमा गोल भेडा खेती गरेका छन् । उनले यसको अलावा काउली ,बन्दाकोभि, मुला, साग ,सिमी, लगायतका मौषमी तथा बेमौसमी तरकारी रोप्ने गरेको बताउछन् । ८० हजार बाट काम सुरु गरेको आफ्नो बिगत सम्झदै उनले अहिले तरकारी रोप्नको लागी बनेको संरचना मात्र ६० लाख बराबरको रहेको बताए । उनले बर्षाको समयमा बाटोको समस्याले गर्दा बजारको समस्या हुने भए पनि अरु समयमा बजार ब्यबस्थापनमा खासै समस्या नरहेको बताउछन् । २०६६ साल देखी तरकारी खेतीमा मनग्य आम्दानी गर्दै आएका तामाङले कृषी अनुदान लिएर काम गरिरहेका छन् । आगामी बर्षमा अझै थप जमिनमा तरकारी खेती गर्ने योजनामा रहेको उनी बताउछन् । उनले उत्पादन गरेको तरकारीको मुख्य बजार नुवाकोट, धादिङ, रसुवा तथा काठमाडौ हो । उनी पहिला खेतीसुरु गर्ने समयमा बिउ छनौटमा समस्या भए पनि अहिले काहा कस्तो बिउ बिजन पाईन्छ भन्ने थाहा भएको कारण सजिलो छ ,भन्छन् ।

प्रतिक्रिया दिनुहोस्