१२ श्रावण २०८१, शनिबार
Logo

८० बर्ष माथीका जेष्ठ सदस्यलाई अतिआबश्यक सामाग्री बितरण

लिखु गाउपालीका वडा नं ५ को कार्यलयले स्थानिय जेष्ठ नागरिकहरुलाई सम्मान गरेको छ । लिखुको वडा नं ५ भित्र रहेका ८० बर्ष माथीका जेष्ठ सदस्यलाई अतिआबश्यक सामाग्री बितरण गरेर सम्मान गरेको वडा अध्यक्ष राम कृष्ण श्रेष्ठले जानकारी दिए । शरिर चिलाउदा कनाउने , टर्च लाइट, पछ्यौरा, लौरो लगाएतको सामान बितरण गरेको वडा कार्यलयले जनाएको छ । ८० बर्ष माथीका करिब ४० जनाको लागी सो सामान बितरण गरेको हो ।

प्रतिक्रिया दिनुहोस्