१६ जेष्ठ २०८०, मंगलबार
Logo
final gp koirala advert

लिखुमा अपांङ्गता सम्बन्धि अभिमुखी करण कार्यक्रम सम्पन्न

अपाङ्ग मानव अधिकार मंच नुवाकोटको आयोजनामा सनिबार लिखुमा अपांङ्गता सम्बन्धि अभिमुखी करण कार्यक्रम सम्पन्न भएको छ । लिखु गाउपालीकाको आर्थिक तथा अपाङ्ग मानव अधिकार मंच नुवाकोटको प्राबिधिक सहयोगमा सम्पन्न कार्यक्रममा अपांगता भएका ब्यक्तीहरुको संबिधानमा प्रदत्त हक अधिकारको बिषयमा छलफल भएको आयोजकले बताएको छ । कार्यक्रमलाई सम्बोधन गर्ने क्रममा लिखु गाउपालीकाका उपाध्यक्ष रोजिना राईले अपांगता भएका ब्यक्तीहरुको क्षेत्रमा पालीका बाट नै बजेटको ब्यबस्था गरी काम गरिरहेको बताउदै आगामी दिनमा अझ प्रभाबकारी तवरले लाग्ने बताउनु भयो ।

उहाले परिचय पत्र बितरणको क्रममा स्थानियले महत्वकांछि माग राख्ने हुदा यस्को जिम्मेवारी जनप्रतिनीधिलाई नभई कर्मचारीलाइ दिदा सहज हुने बताउनु भयो । त्यस्तै लिखु गाउपालीका वडा नं ३ का वडा अध्यक्ष राम कृष्ण श्रेष्ठले अपांङ्गताभएकाहरुलाई हौसला प्रोत्साहनको साथै अपांङ्गता मैत्रि बातावरणको आबश्यकता पर्ने हुदा स्थानिय सरकार तथा सबै संघ संस्था सरोकार वाला निकायले यसमा ध्यान दिनु पर्ने बताउनु भयो । कार्यक्रममा अपाङ्ग मानव अधिकार मंच नुवाकोटका सचिव लोचन भट्टराईले अपांगता संरक्षण ऐन २०७५ माथी आबश्यक छलफलको लागी उक्त ऐन उपाध्य राईलाई प्रदान गर्नु भयो । कार्यक्रमा जनप्रतिनिधि , अपांगता भएका ब्यक्तीका अभिभावकहरु ,सरोकारवाला निकाया,स्थानिय हरुको सहभागिता रहेको थियो ।

प्रतिक्रिया दिनुहोस्