४ कार्तिक २०७८, बिहीबार
Logo
Hotel Yangra Nuwakot Trishuli

प्रधिकरणको अर्को लापरवाही,, निमित्त लखन लाल साह भन्छन् घर किन बनाएको त

साथीहरुसंग खेल्ने क्रममा नुवाकोट बागवानी केन्द्र जाने भित्रि वाटोस्थित किरियापुत्री बस्ने भवनको छतमा खेल्ने क्रममा अचानक छत माथि टांगिएर लगेको ११ हजार भोल्टको तारमा छुंदा स्थानीय ७ वर्षिय सुजन नगरकोटी र ५ वर्षिय दमै नगरकोटी घाइते भएको नुवाकोट प्रहरी प्रमुख तथा प्रहरी उपरिक्षक कृष्णवहादुर पल्लाीमगरले जानकारी दिए । घाइतेहरुको नुवाकोट जिल्ला अस्पताल त्रिशूलीमा प्रारम्भिक उपचार गरि थप उपचारको लागि आइतवार वेलुकी काठमाडौ पठाइएको छ ।
नेपाल विद्युत प्राधिकरणले समयमै विद्युतको पोल नझिक्दा दुर्घटना हुंन पुगेको स्थानीयवासी तथा किरियापुत्री भवन निर्माण समितिकी अध्यक्ष भगवति राजभण्डारीले वताइन् । वडा कार्यालय तथा विद्युत प्राधिकरणलाई सो स्थानमा विद्युतको जोखिम रहेको जनाउंदै पोल र तार हटाउन पटक÷पटक अनुरोध गर्दासमेत अटेर गरेका कारण अनाहकमा वालकहरु घाइते हुन पुगेको कारण वालकको सम्पुर्ण उपचार तथा पठनपाठनको व्यवस्था विद्युत प्राधिकरणले गर्नु पर्ने पीडितका आफन्त तथा स्थानीयवासीले वताएका छन्

 

घटना स्थल

प्रतिक्रिया दिनुहोस्