११ माघ २०८१, शुक्रबार
Logo

नुवाकोटमा लागूऔषध दुरुपयोग तथा अबैध ओसारपसार विरुद्धको अन्तर्रा्ष्ट्रिय दिबस (जुन २६) भब्यताको साथ मनाइयो

नुवाकोटमा पनि लागू औषध दुरुपयोग तथा अबैध ओसारपसार विरुद्धको अन्तर्रा्ष्ट्रिय दिबस (जुन २६) भब्यताको साथ मनाइएको छ ।
जिल्ला प्रहरी कार्यालय , सामुदायिक प्रहरी सेवा केन्द्रको आयोजना र जिल्ला प्रशासन कार्यालय नुवाकोटको संयोजनन तथा एकिकृत तादी बिकाश संस्था ,लोकप्रिय उपभोक्ता सहकारी तथा समाजसेवी लिलानाथ न्यौपानेको आार्थीक सहयोगमा लागू औषध दुरुपयोग तथा अबैध ओसारपसार विरुद्धको अन्तर्रा्ष्ट्रिय दिबस (जुन २६) विविध कार्यक्रम गरि सप्ताह ब्यापी रुपमा असार ५ गतेदेखि असार ११ गतेसम्म साताव्यापी रुपमा मनाइएको छ ।

कार्यक्रमलाई सम्बाधन गर्ने क्रममा जिल्ला समन्वयन समितीका प्रमुख सन्तमान तामाङले लागू औषध दुरुपयोग तथा अबैध ओसारपसारमा प्रहरीको एक्लो प्रयास मात्र सफल नहुने भन्दै सम्बन्धित सरोकारवालाले पनि सकारात्मक भुमिकामा रहनु पर्ने बताउनु भयो । प्रमुख तामाङले राजनितीक संरक्षको आधारमा तथा सम्बन्धको आधारमा कानुनी प्रकृयामा बाधा कोही कसैले उत्पन्न गर्न नहुने समेत बताउनु भयो ।
लागू औषध दुरुपयोग तथा अबैध ओसारपसार विरुद्धको अन्तर्रा्ष्ट्रिय दिबसका अबसरमा बक्तीत्वकलाको आयोजना, जिल्ला कारागारमा रहेका बन्दी कैदीहरुका लागि १ दिवसिय सचेतना कार्यक्रम सन्चालन, जनप्रतिनीधीहरुसँग लागु औषध दुरुपयोग रोकथाम निती तर्जुमा सम्बन्धी जिल्ला स्तरिय अन्तरक्रिया कार्यक्रम तथा आज प्रभातफेरी पछि काणसभा गरी मनाइएको छ । त्यस्तै बक्तीत्वकला प्रतियोगितामा प्रथम हुने अर्किड एकेडेमीका स्पर्स अधिकारी,द्घित्तिय हुने पृथ्वी माध्यामिक बिद्यालयका सरला तामाङ, र तृतिय स्थान हासिल गर्ने स्विकृती तामाङलाई नगद पुरस्कार तथा प्रमाण पत्र कार्यक्रमका प्रमुख अतिथी सन्त बहादुर तामाङले गर्नु भएको हो ।
उक्त कार्यक्रममा नगर भित्रका जनप्रतिनिधिहरु, सुरक्षा निकायका प्रमुख, बिभिन्न विद्यालयका प्रधानाध्यापक तथा शिक्षक शिक्षिकाहरू,बिद्यार्थी समुदाय प्रहरी सेवा केन्द्रका पदाधीकारीहरू,सरकारि तथा गैरसरकारी संघ संस्थाका प्रमुख तथा पदाधिकारीहरु,स्वस्थकर्मि, संचारकर्मि, नागरीक समाज लगाएको उपस्थीती रहेको थियो ।

प्रतिक्रिया दिनुहोस्