१२ श्रावण २०८१, शनिबार
Logo

बिदुर नगरपालिकाको बजेट ८५ करोड ३७ लाख ६१ हजार

बिदुर नगरपालीकाको मंगलबार बिदुरमा आयोजित पाँचौ नगरसभामा नगरपालीकाका उप प्रमुख गिता कुमारी दाहालले आगामी आर्थिक वर्ष २०७६(०७७ का लागि बजेट पेस गर्नु भएको हो । पाँचाँै नगरसभामा आगामी आर्थिक वर्ष २०७६÷७७ का लागि रु ८५ करोड ३७ लाख ६१ हजारको बजेट प्रस्ततु गरेको छ ।
विदुर नगरपालीकाको   प्रमुख सञ्जु पण्डितले नगरका हरेक समस्या न्यूनीकरण गर्ने उद्देश्यका साथ बजेट विनियोजन गरिएको बताउनु भएको छ । प्रमुख पंडितले बजेटमा विकास निर्माण, योजना, शिक्षा, स्वास्थ्य, खानेपानी, सडक, खेलकूद, बालबालिका, महिला, पर्यटन, संस्कृतिलगायत विषयलाई प्राथमिकता दिइएको बताउनुभयो । दलित, उत्पीडित, आदिवासी, जनजाति, महिलालाई विकासको मूलप्रवाहमा ल्याउन यो आर्थिक बर्षको निती तथा कार्यक्रमले महत्वपुर्ण भुमीका खेल्ने बताउनु भयो । उहाले नगरवासीको स्वास्थ्य सेवाको अबस्थालाई मध्यनजर गर्दै नगर एम्बुलेन्स सेवा शुरुवात गर्ने योजना समेत पेश गर्नु भएको छ ।
आन्तरिक स्रोत, सङ्घीय राजश्व बाँडफाँट, सङ्घीय वित्तीय समानीकरण अनुदान, सङ्घीय सशर्त अनुदान, सङ्घीय अनुदान, प्रदेश सरकार वित्तीय समानीकरण अनुदानलगायतबाट आम्दानी गरिने वार्षिक निती तथा योजना कार्यक्रममा नगरपालिकाको तर्फ उल्लेख छ ।

प्रतिक्रिया दिनुहोस्