१२ श्रावण २०८१, शनिबार
Logo

अस्वस्थ मानसिकताबाट बच्न सबैले योग गरौ

५ औ अन्तराष्टीय योग दिवशको अबसरमा बिदुरमा एक कार्यक्रम सम्पन्न भएको छ । पतन्जलि योग केन्द्र नुवाकोट र बह्राकुमारी राजयोग नुवाकोटको संयुक्त आयोजनामा भएको कार्यक्रलाइ सम्बोधन गदै बिदुर नगरपालीका का उप प्रमुख गिताकुमारी दाहाल ले अस्वस्थ मानसिकताबाट बच्न सबैले योग गर्नुपर्ने बताउनुभएको छ ।

अन्तर्रा्ष्ट्रिय योग दिवसको अवसरमा शुक्रबार जिल्ला समन्वयन समितीमा आयोजित कार्यक्रममा बोल्दै उपमेयर दाहालले समय निकालेर हरेक मानिसले दैनिक रुपमा योग गर्नुपर्ने बताउनुभयो ।

‘ ‘मानिस स्वास्थ्य रहनका लागि योगको निरन्तरता जरुरी छ ।’ उहाँले नेपालमा योगको अभ्यास परम्परागत कालदेखि हुँदै आएका प्रमाणहरु धेरै भेटिएको बताउनुभयो ।

प्रतिक्रिया दिनुहोस्