विदुर नगरपालिका वडा नम्बर १२ मा प्रधानमन्त्री रोजगार कार्यक्रम शुरु
विदुर नगरपालिका वडा नम्बर १२ मा प्रधानमन्त्री रोजगार कार्यक्रम अन्तरगतको काम शुरु भएको छ ।
पहिलो चरणको कार्यक्रममा वडा नम्बर १२ का ६० जनाको सहभागिता रहेको वडा अध्यक्ष सिताराम अर्यालले जानकारी दिनु भएको छ । प्रत्येक दिन सहभागिले ६ घण्टा काम गर्नुपर्ने र काम गरे वापत प्रतिदन ५ सय १७ रुपैयाँ ज्याला तोकिएको वडा नम्बर १२ ले जनाएको छ ।
प्रतिक्रिया दिनुहोस्