१४ मंसिर २०८०, बिहीबार
Logo
final gp koirala advert

माया सररर’ भन्दै पललाई छाडेर सचिन तिर आँचल शर्मा

केहि समय अघि १२ बर्षको अन्तरलालमा सन्देशमुलक गीत ‘ए मान्छे’ ल्याएर दर्शक माझ फर्केका पुराना चर्चित गायक सचिन रौनियारको नयाँ गीत ‘माया सररर’ शुक्रबार सार्वजनिक गरिएको छ। ए मान्छे बोलको गीतको अपार सफलता पछि गायक रौनियारले दर्शक माझ पुन अर्को, ‘माया सररर’ ल्याएका छन् । गीतमा गायक रौनीयारलाई अर्का पुराना गायक जीतेन लेप्चाले साथ दिएका छन् भने शव्द तथा संगीत जितेन लेप्चाको नै रहेको छ । मोडल तथा नायिका आँचल शर्माको अभिनय रहेको ‘माया सररर’ को भिडियोलाई सुब्रतराज आचार्यले निर्देशन गरेका हुन भिडियोमा गायक सचिन रौनियार तथा जितेन लेप्चा दुबै जना नायिका आचल शर्माको पछि लागेर गीत मार्फत फकाउन खोजिएको देखाइएको छ। नौबिसे स्थित एक सुन्दर रिसोर्टमा छायांकन गरिएको भिडियोमा नबराज उप्रेतीको सिनेमाटोग्राफी र बिकाश ज्ञवालीको सम्पादन रहेको छ। गीत रोमान्टिक पाराको भएका कारण यस गीतलाई पनि दर्शकले ए मान्छे लाई जसरी मनपरादिने कुरामा आफु विश्वस्त रहेकाको गायक रौनियारले बताए । गीतलाइ एट के एभरेस्ट मोसन पिक्चरको युट्युब च्यानलबाट सार्वजनिक गरिएको हो ।

प्रतिक्रिया दिनुहोस्