१२ श्रावण २०८१, शनिबार
Logo

एक हजार महिलाहरुलाई आर्थिक, सामाजिक रुपमा सवल बनाउछु , उपमेयर दाहाल

बिदुर नगरपालीकाले नगर स्तरीय प्रजनन् स्वास्थ्य सम्बन्धी तालिम प्रदान गरेको छ ।

बिदुर नगरपालीका वडा नं ४ बिदुरमा संचालीत तालीममा २५ जनाको सहभागिता रहेको थियो । समापन कार्यक्रम लाई सम्बोधन गर्दै बिदुर नगरपालीकाका उप प्रमुख गिता कुमारी दाहालले यस्ता बिभिन्न किसिमका कार्यक्रहरुमा सहभागीता जनाउने र सिक्ने काममा लाग्दा समयको सदुपयो हुनु को साथै नेत्रृत्व बिकाश हुने बताउनुु भयो । आफ्नो र परिवारको स्वास्थ्यलाई ध्यानमा राखेर आफु पनि आयआर्जनको काममा सरिक हुन सबै महिलाहरुमा आग्रह गर्नु भयो । उपप्रमुख दाहालले सक्दिन, परिवार र समाजले के भन्ला भन्ने डरले काम नगर्दा अधिकांश महिला पछाडी परेको बताउनु भयो । उहाले बैदेशिक रोजगारीका क्रममा बिदेश जने र उनका परिवारले रवाफ देखाउने परिपाटीले गर्दा समाजमा आर्थिक बिकाश हुन नसकेको बताउनु भयो । कार्यक्रमलाई सम्बोधन गर्ने क्रममा उहाले आफ्नो कार्यकालमा नगरपालरुीकाका करिब १ हजार महिलाहरुमा सिप बिकाश गरी आत्मनिर्भर र आर्थिक सामाजिकरुपमा शशक्त बताउने बताउनु भयो , तर आफु एक्लैको प्रयास सम्भवन नहुने भन्दै सबै महिलाहरुको साथ र सहकार्यको खाचो भएको बताउनु भयो ।

वडा नं ११ का वडा अध्यक्ष तोयानाथ तिमिल्सिनाले यस्ता प्रकारका तालिमले महिलाहरुमा नेत्रृत्व बिकाश र आर्थीक रुपमा सबल बनाउने हुदा यस्ता तालिमलाई अबसरको रुपमा लिगी ब्याबहारमा उतार्न सबैमा आग्रह गर्नु भयो । कार्यक्रममा नगर भित्रका बिभिन्न महिला समुहका प्रतिनिधीहरुको सहभागीता रहेको थियो ।

प्रतिक्रिया दिनुहोस्