१२ श्रावण २०८१, शनिबार
Logo

अन्तर नगरपालिका स्तरीय महिला फूटवल प्रतियोगितामा विदुरको शानदार जित

प्रथम उपमेयर कप अन्तर नगरपालिका स्तरीय महिला फूटवल प्रतियोगितामा विदुर नगरपालीका महिला फूटवल टिमले बिजयी सुरुवात गरेको छ ।
अखिल नेपाल फूटवल सघं द्धारा आयोजित उप–मेयर कप अन्तर नगरपालिका स्तरीय महिला फूटवल प्रतियोगितामा आज भएको खेलमा बिदुर नगरपालीकाको टोली ले पनौतीे नगरपालीका काभ्रे लाइ ६–० गोल अन्तरले हराएको छ ।
विदुर नगर पालिका नुवाकोट र पनौति नगर पालिका काभ्रे विचको खेलमा अनु लामा जर्सि न १० ले ४ गोल तथा जर्सि न ११ का रन्जिता राई र जर्सि न १९का रन्जना दर्जि ले एक एक गोल गर्नुभएको हो ।
सशस्त्र प्रहरी बलको हलचोकमा जारी प्रतियोगिता नुवाकोटका महिला फूटवल खेलाडीहरुले बिहिबार पनौतीेलाइलाइ सुरुवाती खेलमा नै हराएर शान दार जितको सुरुवात गरेको छ । नुवाकोटले ७ गते धनगढी र ९ गते बिराटनगर महानगरपालिका सगं प्रतिष्पर्धा गर्ने छ ।

प्रतिक्रिया दिनुहोस्