१२ श्रावण २०८१, शनिबार
Logo

उपभोक्ताको धारामा असार ३ गतेबाट डिपबोरिङको सफा पानी आउने

बिदुर खाने पानी तथा सरसफाई उपभेक्ता समितीले उपभोक्ताको धारामा असार ३ गतेबाट डिपबोरिङको पानी बितरण गर्ने भएको छ ।
बिदुर नगरपालीकाले सवारी साधनको रकम रकमान्तर गरेर बिदुर वासीलाई खाने पानी बितरणको लागी सुरु गरेको डिप बोरिङलाई बिदुर खाने पानी तथा सरसफाई उपभेक्ता समितीले पुर्णता दिदै सफा पानी ट्याङ्कीमा झार्न सफल भएको छ ।

तिन दिनमा पानी आउने पानी भन्दा हावा र हिलो बितरण गर्ने यो समितीले अहिले भने सफा र परिक्षण बाट मिनरल वाटरको उच्चतम बिन्दुमा पर्न सफल पानी असार ३ गतेबाट उपभोक्ताको धारामा परिक्षणको लागी बितरण गर्ने भएको छ । नियमित रुपमा भने पानी बितरण गर्न केही समय लाग्ने बिदुर खाने पानी तथा सरसफाई उपभेक्ता समितीका उपाध्यक्ष संजिव बहादुर श्रेष्ठले बताउनु भयो । बिदुर नगरपालीका वडा नं २, ४ र ६ मा रहेको तीन ओटा डिपबोरिङको पानी बटार, इनारपाटी, बिदुरका करिब १५०० घरधुरीलाई  तत्काल बितरण गरिने र केही समय पछि माझीटार र पिपलटारका उपभोक्ताहरु पनि बितरण गरिने उपाध्यक्ष श्रेष्ठले बताउनु भयो ।

प्रतिक्रिया दिनुहोस्