११ माघ २०८१, शुक्रबार
Logo

तारकेश्वरमा स्वास्थ्य शिविर सम्पन्न , १ सय महिलाहरुमा पाठेघरको समस्या

तारकेश्वर गाउपालीका वडा नं ३ को जोर चौतारामा एक दिने निशुल्क स्वास्थ्य शिविर सम्पन्न भएको छ ।

तारकेश्वर गाउपालीका र बातावरण तथा प्रजनन् स्वास्थ्य केन्द्र नुवाकोटको संयुक्त आयोजना तथा नेपाल मेडिकल कलेज बिद्यार्थी बिकाश समिती, मनमोहन मेडिकल कलेज, अन्नपूर्ण न्युरो अस्पतालको प्राबिधीक सहयोगमा सम्पन्न स्वास्थ्य शिविरमा करिब ४०० जना बिरामीले प्रत्यक्ष लाभ लिगेको आयोजकले बताएको छ ।

                      तारकेश्वर गाउपालीकाका उपाध्यक्ष तारादेवी रिमालले सबै वडामा यस्ता शिबिर संचालन गर्ने र महिलाहरुका स्वास्थ्यमा सुधार ल्याउने काममा सहयोग पुग्ने बिश्वास ब्यक्त गर्नु भयो ।

                          बातावरण तथा प्रजनन् स्वास्थ्य केन्द्र नुवाकोटका अध्यक्ष बिन्दा ढुंगानाले यस्ता निशुल्क स्वास्थ्य शिबिरले हिड्डुल गर्न नसक्ने , अशक्त ,बद्घृबृद्घाका जनरल स्वास्थ्य समस्याको सामाधानको लागी शिबिरको आयोजना गरेको बताउनु भयो । त्यस्तै संस्थाका सचिव सुभद्रा नेपालले अधिकांश ग्रामीण क्षेत्रमा रहेका महिला बालबालीका ,बृद्घबृद्घा तथा अशक्तहरुको अबस्थालाई मध्यनजर गरेर यो शिविरको आयोजना गरेको बताउनु भयो ।

                       शिविरमा बाल रोग, नशा तथा हाडजोर्नी सम्बन्धी समस्या, छाला रोग, जनरल रोगका बिरामी तथा स्त्रीरागको उपचार गरिएको डा. रोजन अधिकारीले बताउनु भएको छ । उक्त शिविरमा चेक जाँच भएका र पाठेघरमा जटिल समस्या देखा परेका २० जना महिलाहरुको निशुल्क शल्याक्रियाको ब्याबस्था गरिएको महिला तथा स्त्रीरोग बिशेषज्ञ डा.मनोर शैयादले बताउनु भयो । उक्त स्वास्थ्य शिविरमा अधिकांश बृद्घबृद्घा र महिलाको सहभागिरहेको थियो । स्वास्थ्य शिविरमा करिब एक सय बिरामीहरुमा स्त्रीरोगको समस्या भएको पाइएको छ । त्यस्तै करिब १ सय जनामा नसा तथा हाड जोर्नीको समस्या रहेको र अन्य १७७ जनामा भने सामान्या स्वास्थ्य समस्या भएको प्राबिधिक टोलीका संयोजक डा. रोजन अधिकारीले बताउनु भयो ।

प्रतिक्रिया दिनुहोस्