१२ श्रावण २०८१, शनिबार
Logo

पार्टी बिधानबिपरित कांग्रेसको संयुक्त सम्मेलन चौघडामा, पार्टी सभापतिले उद्घाटन गर्ने

नेपाली कांग्रेस नुवाकोट क्षेत्र नं १ र २ को संयुक्त आयोजनामा हुने भनिएको कार्यक्रम बिवादित बनेको छ । यहि जेठ ३२ गते चौघडामा हुने सभालाई नेपालि कांग्रेसले ऐतिकासिक क्षेत्रिय सम्मेलन पनि भन्दै आएको छ । साथै कार्यक्रमको तयारी पनि तिब्र रुपमा गरिरहको छ । तर नेपाली कांग्रेसको पार्टी विधान विपरीत अहिले नुवाकोटको दुईवटा क्षेत्रको संयुक्त सम्मेलन हुन लागिरहेको छ । त्यो कुरा सभापतिद्वय ध्रुव श्रेष्ठ र अर्जुन प्रसाद न्यौपानेद्वारा निकालिएको संयुक्त निमन्त्रणा पत्रमा सहजै देख्न सकिन्छ ।
नेपाली कांग्रेसको विधानमा केन्द्रिय ,महासमिति ,जिल्ला , क्षेत्र र वडा सम्मेलन हुने व्यवस्था छ तर संयुक्त सम्मेलन हुने व्यवस्था भने कतै उल्लेख गरिएको छैन । पार्टीको विधानमा नै नभएको बिधान बिपरित रहेको उक्त संयुक्त सम्मेलनको उद्घाटन अरु कोहि नभएर पार्टी सभापति शेरबहादुर देउवाले नै गर्दैछन ।

अहिले आफ्नालाइ काखा अर्कोलाई पाखा भन्ने उखान कांग्रेसमा सुहाउँदो भएको नेपाली कांग्रसनै बताउदै आएको छ । त्यस्तै पाटी सुद्घिकरणको नाममा गरेको राष्ट्रिय जागरण अभियान गुटगत स्वार्थका कारण प्रभावकारी बन्न नसकेको नेपाली कांग्रेश स्वयमले स्वीकार्दै आएको छ । पार्टीका शीर्ष नेतादेखि जिल्ला प्रतिनिधिसम्मको ध्यान एक भै अघि बढ्नुपर्नेमा नभई आगामी महाधिवेशनमा केन्द्रित हुँदा पहिलो चरणको एक महिने जागरण अभियान प्रभावकारी बन्न नसकेको हो । पार्टीभन्दा पनि गुटगत स्वार्थ हाबी भएपछी स्वार्थकै कारण केही जिल्लामा समानान्तर कार्यक्रमहरू समेत भए भने केही जिल्लामा पहिल्यैदेखि रहेका आन्तरिक विवाद समाधान हुनुको सट्टा झन् बल्झियो ।
त्यस्तै नुवाकोटको चौघडामा हुन लागिरहेको संयुक्त सम्मेलनको बिषयमा जिल्ला सभापति जगदिश्वर नरसिंह केसीले केहि बताउन चाहेनु भएन , आफुले निमन्त्रणा पाएको मात्र बताउनु भयो । । जेठ ३२ गते शनिबार हुने क्षेत्र नम्बर १ र २ को संयुक्त क्षेत्रीय सम्मेलनलाइ पार्टी सभापति शेरबहादुर देउवाले सम्बोधन गर्ने कार्यक्रम भएको आयोजकको पत्रमा उल्लेख गरिएको छ । दुई वटा क्षेत्रको सम्मेलन कारणबस एकै ठाउँमा एकैचोटि गर्नुपर्ने भएमा जिल्ला समितिमा छलफल गर्नुपर्ने हुन्छ। तर जिल्ला समितिमा भने यस बिषयमा कुनै आधिकारिक छलफल समेत नभएको नेपाली कांग्रेस नुवाकोटले बताएको छ । संयुक्त सम्मेलन हुन लाग्दा कांग्रेसका जिल्ला तहका नेताहरु नै अहिले आश्चर्य चकित भएको एक नेताले बताएका छन् । ।

नेपाली कांग्रेस आफै भित्रको बिवादका कारण प्रदेश देखि तल्लो तहसम्मका कार्यसमिति र निकायहरूलाई मात्र होइन, पार्टीका विभाग समेत अझै गठन गर्न सकेको छैन । आठ तहको सांगठनिक संरचना बनाएको कांग्रेसले केन्द्र, प्रदेश, जिल्ला, प्रदेश स्तरीय क्षेत्रीय समिति, प्रतिनिधिसभा क्षेत्र स्तरीय कार्यसमिति, गाउँ–नगर समिति, वडा तह र बुथको व्यवस्था विधान भए पनि आंतरिक किचलोको कारण सबै डामाडोल भएको छ ।

प्रतिक्रिया दिनुहोस्