१३ मंसिर २०८०, बुधबार
Logo
final gp koirala advert

नुवाकोटको नमुना विद्यालय क्षेत्रपाल मा.विमा छात्रालाई सेनेटरी प्याडको सुविधा

लिखु, लायन्स क्लब अफ काठमाडौँ डाउनटउनका प्रथम उपाध्यक्ष पूर्णलाल श्रेष्ठको अगुवाईमा लिखु गाउँपालिकाका दुई बिधालयलाई १/१ थान सेनेटरी प्याड, वेंडिंग मिसिन हस्तान्तरण गरिएको छ ।
श्रेष्ठले लिखु गाउँपालिका वडा नं ४ स्थित क्षेत्रपाल मा. वि. चौघडालाई वेंडिंग मिसिन हस्तान्तरण गरेका हुन् ।
क्षेत्रपाल मा. वि. चौघडाको १३ हजार र लायन्स क्लब अफ काठमाडौँ डाउनटउनको १३ हजार सहयोगमा कुल २६ हजार लागतमा विद्यालयमा वेंडिंग मिसिन जडान गरिएको विद्यालयका प्रधानाध्यापक कृष्ण बहादुर राईले बताउनु भयो ।
विद्यालयमा अध्यनरत छात्रालाई महिनावारीको समयमा प्याड निकाल्न सजिलो हुने र महिनावारीको समयमा विद्याालयमा छात्राहरु उपस्थितिमा कमि नहुने विश्वास गरिएको छ ।
जिल्लाको नमुना यस विद्यालयमा सेनेटरी प्याडको सुविधा छात्रालाई दिए सगै विद्यार्थी तथा अभिभावको आकर्षण यस विद्यालय तर्फ खिचिएको छ ।

प्रतिक्रिया दिनुहोस्