१३ मंसिर २०८०, बुधबार
Logo
final gp koirala advert

दोस्रो नुवाकोट गोल्डकप फुटवल प्रतियोगितामा नुवाकोट ११ को विजय सुरु

विदुर, दोस्रो नुवाकोट गोल्डकप फुटवल प्रतियोगितामा घरेलु टोली नुवाकोट ११ ले विजयको शुरुवात गरेको छ ।

नुवाकोटको सदरमुकाम विदुर ४ बट्टारमा रहेको नुवाकोट आर्दश बहुमुखी क्याम्पसको खेलमैदानमा बुधवार देखि भएको खेलमा घरेलु टोली नुवाकोट ११ ले काठमाणडौको दिपशिखा युवा समुहललाई शुन्यका विरुद्द ५ गोलले पराजित गरेको छ ।
खेलमा नुवाकोट ११ को लागि विश्वास श्रेष्ठले ह्याट्रिक गरेका हुन् ।

त्यस्तै नुवाकोट ११ को पदनेश राजवंशीले गोल गर्दै नुवाकोटलाई शुन्यका विरुद्ध ५ गोलको जित दिलाएका हुन् । खेलमा तीन गोल गरेका नुवाकोट ११ का विश्वास श्रेष्ठ म्यान अफ दि म्याच घोषित भए । उनलाई नगद १० हजार रुपैयाँ प्रदान गरिएको छ ।
जिल्ला खेलकुद विकास समिति नुवाकोट र नुवाकोट फुटवल संघको आयोजनामा भएको प्रतियोगितामा नुवाकोट ११, विभागिय टोलीहरु नेपाल पुलिस,शसस्त्र प्रहरी बल र नेपाली आर्मी क्लबले सहभागि भएका छन ।
ए डिभिजनका क्लबहरु मनाङ, संकटा, च्यासल युथ क्लबल, चितवन ११, विजय युथ हेटौडा र काठमाणडौको दिपशिखा युवा समुहसहित १० टोलीले सहभागि हुने भएका छन । प्रतियोगिताको विजेताले ६ लाख र उपविजेताले ३ लाख रुपैयाँ प्राप्त गर्ने आयोजकले बताएको छ । प्रतियोगिता आगामी जेठ ३१ गतेसम्म सन्चालन हुने छ ।

प्रतिक्रिया दिनुहोस्