१२ श्रावण २०८१, शनिबार
Logo

विदुर खानेपानी तथा सरसफाइ उपभोक्ता संस्थामा नेकपा निकटको प्यानल नै बिजयी ,

 

नुवाकोट, विदुर खानेपानी तथा सरसफाइ उपभोक्ता संस्थामा नारायण बहादुर खनालको प्रगतीशिल पयानल बिजयी भएको छ ।
विदुर खानेपानी तथा सरसफाइ उपभोक्ता संस्थामा नेपाल कम्युनिष्ट पार्टी (नेकपा) निकटका उम्मेदवार ले बिजय हासिल गरेका छन् । नेकपा निकटका नारायण बहादुर खनालले १२६ मतले कांग्रेशका राजेन्द्र अर्याललाई चिप्लाएका छन् । नारायण बहादुर खनाल सहित उनको पुरै टिमले नै जित हासिल गरेको छ । उपाध्यक्षमा संजिव बहादुर श्रेष्ठले ८५० मत , उनका निकटतम प्रतिद्घन्दि राम प्रसाद श्रेष्ठले ५६९ मत ल्याएका छन् । उनले संजिब बहादुर श्रेष्ठ संग २८१ को पराकिलो मतान्तरले हारेका छन् । सचिवमा रघुनाथ रिमालले ७३९ मत प्राप्त गरेका छन् , उनका निकटतम प्रतिद्घन्दि रामजी भट्टले ६४० मत प्राप्त गरेका छन् । रामजी भट्ट रघुनाथ रिमालसंग ९९ मतले पराजय भएका हुन् । कोषध्यक्षमा बच्चुमाया सुनारी मगरले ७५८ मत प्राप्त गरेकिछन् भने उनका निकटतम प्रतिद्घन्दि शुसिला पौडेलले ६४० मत ल्याएकी छन् ,उनले बच्चुमाया सुनारी मगर संग ११८ मतले हार बेहोर्नु परेको छ । त्यस्तै सदस्यहरुमा राजेन्द्र पाण्डेले ७२८ मत, भुमिराज गजुरेलले ७२५ मत , लव प्रसाद न्यौपानेले ६८० मत सहितले बिजयी भएका छन् ,महिला सदस्यहरुमा रबिता भट््टले ७१४ मत ,जगत कुमारी गिरी ७०६ मत सहित बिजयी भएका हुन् ।

प्रतिक्रिया दिनुहोस्