११ माघ २०८१, शुक्रबार
Logo

गायक तथा सर्जक नवराज दाहालको ‘आँशु झारी झारी युट्युवमार्फत सार्वजानिक

चिरञ्जीवी नेपाल

गरिबी, अभाव र बेरोजगारीको कारणले घर छोडेर विदेसिनु पर्ने हामी नेपाली को तितो यथार्थ जुन छ यसलाई हामी नेपालीको विडम्बना नै भन्नु पर्दछ ।
स्वदेशमा रोजगारीको अवसर नपाएपछि रोजिरोटीको खोजिमा सुनौलो सपना बुन्दै खाडीको तातो घाममा तप तप पसिना चुहाउन बाध्य भएका छौँ हामी नेपाली ।
चाहेर होस् या नचाहेरै आफू र आफ्नो परिवारको दैनिकी गुजारा चलाउन अनि सन्तानको सुन्दर भविष्य बनाउन भनी आज लाखौँ युवाहरू आफ्नो उमेर र जवानी विदेशी भूमिमा बेच्न बाध्य भएका छौँ ।
आफ्ना परिवारसँग दुस्खसुख साटासाट गर्दै मीठो नमिठो सँगै बसेर खाने ,पारिवारिक भेटघाट गर्ने, रम्ने अनि रमाउने दिनको खोजी कस्लाई हुन्न र रु तर मनका हजारौँ रहर चाहाना र आकाङ्क्षालाई मारेर आफ्ना अर्धाङ्गिनी कल्कलाउँदा छोराछोरी छोडेर विदेसिनु पर्दा दुवै पक्षलाई हुने विछोडको पीडालाई सम्बोधन गर्ने गीत बिन्ध्यबासिनी म्युजिक प्रा।लि।ले बजारमा ल्याएको छ । उक्त गीत नवराज दाहालको नाममा “आँशु झारी झारी” बोलको रहेको छ ।
देवी घर्ती मगर र नवराज दाहालको सुमधुर स्वर रहेको गीतमा विछोडिएपछि हुने पीडाको यथार्थता पोखिएको छ । नेपाली हृदयका लागि विदेश सुन र हिरा नै फल्ने भए पनि नरककुण्ड जस्तै हो र स्वदेश भनेको रूखो जमिन भए पनि स्वर्गसमान हुन्छ भन्ने भाव समावेश गरिएको यस गीतमा लय तथा शब्द सिर्जना पनि नवराज दाहालको नै रहेको छ ।

म्युजिक भिडियोमा समेत सार्वजनिक गीतमा सबिन गौतम र प्रश्ना दाहालको मुख्य अभिनय देख्न सकिन्छ । मोडल स्वयं सबिन गौतमको निर्देशन रहेको म्युजिक भिडियोलाई सागर गौतमले छायाङ्कन र बिनोद बमले सम्पादन गरेका छन् ।

भिडियोलाई बिन्ध्यबासिनी म्युजिकले युट्युवमार्फत सार्वजानिक गरेको हो । हामी यस गीतसँग सम्बन्धित कलाकारहरुमा सफलताको शुभकामना व्यक्त गर्दछौँ ।

भिडियो हेर्न तल क्लिक गर्नु होला ।

https://m.youtube.com/watch?feature=youtu.be&v=s15AD0-SQYQ

प्रतिक्रिया दिनुहोस्