नेकपा जिल्ला संगठन समिति नुवाकोटद्धारा सपथ ग्रहण

विदुर, नेपाल कम्युनिस्ट पार्टी (नेकपा) नुवाकोटका पदाधिकारी तथा सदस्यहरूले सपथ ग्रहण गरेका छन् ।विहिवार नुवाकोट सदरमुकाम विदुर नगरपालिका वडा नं २ मा आयोजित एक समारोहमा नेकपा प्रदेश ३ ईन्चार्ज अष्टलक्ष्मी शाक्यले जिल्ला संयोजक हिरानाथ खतिवडासहित १४५ जनालाई सपथ गराएका हुन् ।
नुवाकोटमा पूर्वएमालेबाट ७४ र पूर्व माओवादीबाट ७१ गरी कुल १ सय ४५ जनाको जिल्ला कमिटि रहेको छ ।
सपथ ग्रहण कार्यक्रममा नयाँ कमिटी सदस्यहरुलाई शुभकामना दिदै ३ नं. प्रदेश इन्चार्ज शाक्यले एकता पछिका नेकपाका सदस्यहरुको काधमा श्रमजिवीका लागी काम गर्ने, समृद्धिका लागी काम गर्ने, भ्रष्टाचार नियन्त्रण गर्ने र समता मुलक समाज निर्माण गर्ने जिम्मेवारी आएको बताउनुभयो ।
सपथ ग्रहण कार्यक्रममा पूर्व मन्त्री महेन्द्र बहादुर पाण्डे, सांसद् तथा नेकपा जिल्ला समिति नुवाकोटका सचिव नारायण खतिवडा, सांसद्, हित ब तामाङ , केशव पाण्डे बद्री मैनाली, ३ नं. प्रदेश नेकपा अध्यक्ष नारायण दाहाल , प्रदेश कमिटि सदस्य राजेन्द्र लोहनी लगायतको उपस्थिती थियो ।
प्रतिक्रिया दिनुहोस्