नुवाकोटमा १२ औँ गणतन्त्र दिवस विभिन्न कार्यक्रम गरि मनाइयो
विदुर, नुवाकोटमा प्रभातफेरीका साथ विभिन्न कार्यक्रम गर्दै १२ औँ गणतन्त्र दिवस मनाइएको छ ।
जिल्ला समन्वय समिति नुवाकोटको आयोजनामा प्रभातफेरी बाजागाजा सहित जिल्ला समन्वय समितिबाट विदुरको लोकतान्त्रिक चौतारो हुदै सिमचौरको निमार्णधिन गणतन्त्र पार्क सम्म पुगेको थियो ।
प्रभातफेरिमा शहिद चन्द्र बयलकोटीकी धर्मपत्नी कल्पना बयलकोटी, प्रमुख जिल्ला अधिकारी उद्धव वहादुर थापा, जिल्ला समन्वय समिति नुवाकोटका प्रमुख सन्तमान तामाङ, उप प्रमुख अप्सरा थापा, नगर प्रमुख सन्जु पडिण्त लगायतका सरोकारवालाहरुले सिमचौर स्थित निमार्णधिन गणन्तत्र पार्कमा १०० भन्दा वढि ५ प्रकारका विरुवा बृक्षारोपण गरेको थिए ।
बृक्षारोपण कार्यक्रम पश्चात प्रभातफेरि समन्वय समिति फर्किए लगत्तै सभामा परिणत भएको हो ।
सभामा शहित चन्द्र वयलकोटीकी धर्म पत्नी कल्पना बयलकोटीले संकटकालबाट देशलाई गणतन्त्रण मुलुकमा ल्याउन कयौँ आमाको कोख रित्तो, छोराछोरीले आफ्ना आमाबाबु गुमाएको, कयौँ श्रीमतीको सिउँदो सिन्दुर पुछिएकोमा दुःख व्यक्त गर्नु भयो ।
उहाँले देशमा गणतन्त्र स्थापना गर्नका लागी आफ्ना ज्यानको आहुती दिन पछि नपर्ने शहितको सम्झनामा गणतन्त्र दिवस मनाइरहेका नुवाकोटका सरोकारवालालाई नुवाकोटमा गणतन्त्र स्थापनाका लागी योगदान पुर्याएका शहितको सालिक बनाउन आग्रह गर्नु भयो ।
कार्यक्रमा विदुर नगरपालिकाका प्रमुख सन्जु पडिण्तले संघीय लोकतान्त्रिक गणतन्त्रात्मक नेपालको स्थापानाका लागी होमिएका शहितको सपना पुरा गर्नमा सबै लागी पर्नु पर्ने बताउनु भयो ।
१३ औँ गणतन्त्र दिवसको अवसरमा जिल्ला समन्वय समिति नुवाकोटका प्रमुख सन्तमान तामाङले गणतन्त्र स्थापनाका निम्ति साहदत प्राप्त गरेका सम्पूर्ण शहिदरुलाई सम्झदै सबै नेपाली एकताबद्ध भएर शहिदका सपना पुरा गर्न तर्फ अभिप्रेरित हुनु पर्ने बताउनु भयो ।
उहाँले इतिहासको विभिन्न कालखण्डहरुमा देशको सम्बृद्धको निम्ती जनताको घरदैलोमा राज्यबाट प्राप्त हुने सेवा सुविधा दिलाउन , राज्यले सम्पूर्ण जात धर्म सम्प्रदायलाई समान व्यवहार गर्नुपर्छ भन्ने नियका साथ देशमा गणतन्त्र स्थापना भएको बताउनु भयो । साथै उहाँले जनप्रतिनिधि, कर्मचारी एकताबद्ध भएर गणतन्त्रको सुत्र अपनाउदै देशमा आएको संघीयता कार्यान्वयनमा सवै नेपाली लागी पर्नु पर्ने बताउनु भयो ।साथै उहाँले देशमा द्धन्द्ध हुन नदिन सबै नेपाली एक हुनु पर्ने बताउनु भयो ।
साथै गणतन्त्र दिवसको अवसरमा जिल्ला समन्वय समिति नुवाकोटको आयोजनामा जेठ १४ गते विदुर नगरपालिका वडा नं ५ स्थित देविघाट परिसर सरसफाई गरेको थियो । जिल्ला शिक्षा समन्वय इकाइ कार्यालयमा नगरस्तरिय निवन्ध प्रतियोगिताको आयोजना गरिएको थियोृ । निवन्ध प्रतियोगितामा २९ विद्यालयका ३२ जना विद्यार्थीहरुको सहभागिता रहेको थियो । प्रतियोगितामा प्रथम हुने श्री भैरवी मावि की छात्रा प्रस्तुती आर्चायलाई नगद ५ हजार, दोस्रो हुने श्री संस्कृत प्रकाश जंग मा.विकी छात्रा नविन सुवेदीलाई ३ नगद हजार र तृतिय स्थान हासिल गर्न सफल श्री पृथ्वी मा.वीकी छात्रा नम्रता अधिकारीलाई नगद २ हजार वितरण गरिएको थियो । जेठ १५ गते प्रभातफेरि, गणतन्त्र दिवसको अवसरमा औपचारिक कार्यक्रम गरेको थियो ।
प्रतिक्रिया दिनुहोस्