१२ श्रावण २०८१, शनिबार
Logo

कारागार कार्यलय नुवाकोटका ८ कैदी रिहा

विदुर , १२ औँ गणतन्त्र दिवसको अवसरमा कारागार कार्यालय नुवाकोटले ८ जना कैदीलाई रिहा गरेको छ ।
रिहा हुनेमा विदुर नगरपालिका १२ का सविन भुजेल, बेलकोटगढी नगरपालिका १३ का कान्छी तामाङ, म्याघङ गाउपालिका ३ का सुनासिंह तामाङ, हुँम्ला जिल्लाका खान्डु तामाङ, विदुर नगरपालिका वडा नं ५ का गेहेन्द्र गजुरेल, विदुर १२ का सागर अधिकारी, साविक चौघडा गाविसका ८ का नेर भन्ने नर बहादुर दमाई र तारकेश्वर गाउँपालिका वडा नं १ का सन्तोषकुमार तामाङ रहेका छन् ।
कैदीका अनुसाशित बानी व्यहोरालाई मध्यनजर गर्दै आगामी दिनमा अपराधिक कृयाकलाप नगर्ने नगराउने सर्तका साथ ८ जना कैदीलाई रिहा गरेको कारागार कार्यालय नुवाकोटले जनाएको छ ।
हाल कारागार कार्यालय नुवाकोटमा ८ जना रिहा भए सगै १६० जना कैदी रहेका छन् । जसमा १३ महिला र १४७ पुरुष कैदी रहेका छन् ।

प्रतिक्रिया दिनुहोस्