१२ श्रावण २०८१, शनिबार
Logo

नुवाकोटमा बम बिस्फोट, विस्फोटबाट कुनै क्षति भने भएन

विदुर, नुवाकोटको दुई नगरपालिका क्षेत्रमा बम बिस्फोट भएको छ । गल्छी–त्रिशुली सडकखण्डको बेलकोटगढी नगरपालिकाको वडा नम्बर ६ स्थित कोल्पु खोला नजिकै बिस्फोट भएको छ ।

कोल्पुखोला नजिकै अज्ञात समुहलले वियरको बोतलमा सेतो कपडाले बेरिएको अवस्थामा शंकास्पद वस्तु भेटिएको हो । जिल्ला प्रहरि कार्यालय नुवाकोटका अनुसार नेपाली सेनाद्धारा शंकास्पद बस्तुको डिस्पोज गरिएको हो।

यस्तै विदुर नगरपालिका वडा नम्बर ५ को वडा कार्यालय मुनी सडकमा पनि बिस्फोट भएको छ । बिस्फोटबाट कुनै क्षति भने भएको छैन । बिस्फोट लगत्तै स्थानीय र प्रहरी घटनास्थलमा पुगेका थिए ।

साथै राजधानीबाट आउने तिन वटै नाकाबाट बन्द कारणले सवारी साधनको आवतजावत रोकिएको हो । बन्दका प्रभावले नुवाकोट ठप्प छ ।

 

प्रतिक्रिया दिनुहोस्