१२ श्रावण २०८१, शनिबार
Logo

नुवाकोटको साततले दरवारको पूर्ननिमार्ण अझैँ भएन

बिदुर, भुम्पक गएको चार वर्ष विती सक्दा पनि नुवाकोटको साततले दरवारको पूर्ननिमार्ण अझै हुने छाककाट देखिएको छैन ।
राष्ट्रनिमार्ता पृथ्वी नारायाण शाहद्धारा निर्मित दरवार मात्रै नभई दरवार आसपासका कयौँ सम्पदा भत्कीएका छन् ।
भुकम्पले क्षति पु¥याएको राष्ट्रिय सम्पदामध्ये साततले दरवारको पुर्न्निर्माण नहुँदा खण्डहर हुँदै गइरहेको छ। अहिले दरवार जिर्ण छ । दरवारको एक पाटोको छाना भत्कीएर खसेको छ भने दरवारका गाराहरुलाई टेको दिएर अड्काउने काम गरिएको छ । दरवार पुर्ननिमार्णमा ढिलाई हुदाँ अहिले आन्तरिक तथा बाह्य पर्यटकको सङ्ख्या ह्वातै घटेको छ ।
आउँदो बर्खा सम्ममा पुर्ननिमार्णका कुनै कदम नचलाएमा दरवार भत्कीने छ । चीन र नेपाल सरकारविचको सम्झौता पछि दरवार पुननिमार्ण गर्ने रेक्टोफिटिङ गरेको एक महिना वित्दा पनि पुर्ननिमार्णको कुनै काम सुरु भएको छैन । चिनियाँ प्राविधिक टोलीले वैशाखको पहिलो सातामा अन्तिम चरणको स्थलगत अनुगमन गरेका थिए ।
छिमेकी राष्ट्र चीनले बनाइदिने भनेपनि दरवार जाने सडक सागुरो भएकोले पुर्ननिमार्णका सामाग्री ओसारपसारमा समस्या हुने दरवार हेरचाह तथा संरक्षण कार्यालय नुवाकोटका प्रमुख अर्जुन प्रसाद फुँयालले बताए । उहाँले पुनर्निर्माण हुने सम्पदाहरुमा साततले दरबार, लामपाटी, सेतो पाटी, विष्णु मन्दिर, नारायण मन्दिर, गारद घर, रंगमहल, तुलजा भवानी मन्दिर रहेको बताए । बिदुर नगरपालिका वडा नं २ का वडा अध्यक्ष विरेन्द्रकुमार शाहिले दरवार पुनिमार्णमा ढिलाई हुदा स्थानीयवासी आक्रोसित भएको बताए ।
त्यस्तै राजनितिक, ऐतिहासिक, धार्मिक नुवाकोटको साततले दरवारको पुननिमार्णमा ढिलाई हुनमा नेपाल सरकारले स्थानीय जनप्रनिधिको चासो हुनु नै मुल कारक रहेको उत्तम कुमार शाहले बताए ।
पृथ्वीनारायण शाहका सेनाले १८१६ मा साततले दरवार निर्माण गरेका थिए । गीर्वाणयुद्ध विक्रम शाहको पालामा २५ वर्षसम्म सोही दरवारबाट नेपालको शासनसत्ता सञ्चालन भएको थियो।
आगामी असार देखि दरवार पुननिमार्णको काम अघि बढ्ने दरवार हेरचाह तथा संरक्षण कार्यालय नुवाकोटले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्