१२ श्रावण २०८१, शनिबार
Logo

गणेश भ्यु बाटिका इङ्लिस बोर्डिङ स्कुलको नयाँ कार्य समिती चयन

विदुर, गणेश भ्यु बाटिका इङ्लिस बोर्डिङ स्कुलको नयाँ कार्य समिती चयन भएको छ । विदुर नगरपालिका वडा नं २ मा रहेको सो बिद्यालयले आगामी २ बर्षको लागी नया कार्य समिती चयन गरेको हो । नया कार्य समिती चयन भए सगै समितीले कक्षा थप्दै जाने ,आइसिटी कक्षा संचालन गर्ने र समय सापेक्ष शिक्षा प्रदान गरी नमुना निजी बिद्यालयको बिकाश गर्ने प्रतिबद्दता ब्यक्त गरेका छन् । सनिबार गठित नया कार्य समितीको अध्यक्षमा राजाराम अधिकारी सहित आठ जना सर्बसम्मत चयन भएका छन् । जसमा अध्यक्ष्यमा राजाराम अधिकारी , तथा सदस्यहरुमा दिपेन्द्र वलि , कुमारलाल श्रेष्ठ, रिसी प्रसाद प्याकुरेल,बिष्णु गजुरेल ,सुस्माा चुडाल, राजेन्द्र बहादुर प्याकुरेल ,उमेश धिताल रहनु भएको छ भने संरक्षक सदस्याहरुमा राम्जी भट्ट, पद्माकान्त भट्ट, नबराज कोइराला ,र जित बहादुर तामाङ रहनु भएको छ ।

प्रतिक्रिया दिनुहोस्