१२ श्रावण २०८१, शनिबार
Logo

नुवाकोटमा पाण्डे र विष्टका विशेष रचना वाचन कार्यक्रम सम्पन्न

विदुर, साहित्य संगम नुवाकोटको आयोजनामा नुवाकोटमा रचना वाचन कार्यक्रम सम्पन्न भएको छ । नुवाकोटको सदरमुकाम विदुर ४ मा सम्पन्न कार्यक्रममा वरिष्ठ गजलकार ललिजन रावलले रचनाका लागी साधनाको महत्व हुने प्रष्ट पार्नु भयो ।
उक्त रचना कार्यक्रममा वरिष्ठ गजलकार यात्री प्रकाश पाण्डे र राम अविरल विष्टका रचना विशेष रुपमा वाचन गरिएको हो ।
पछिल्लो समय युवाहरुमा गजलको आकर्षण बढेको पाइन्छ । उक्त रचना वाचन कार्यक्रममासाहित्यकार श्रीधर पाण्डे “आर्दश” , पुस्कर अधिकारी, सुमित्रा सुमि, प्रमिला परि, आशिक भट्ट लगायतले आफ्नो रचना बाचन गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्