११ माघ २०८१, शुक्रबार
Logo

बुधसिंहको दलित बस्ती दुई सातादेखि अन्धकार

बुधसिंह, बुधसिंहको दलित बस्तीमा दुई साता देखि बत्ती नहुँदा गाउँनै अन्धकार भएको छ । नुवाकोटको तारकेश्वर गाउँपालिका वडा नम्वर २ स्थित गाउँमा बत्ती नभएपछि आफूहरुको दैनिकी कष्टकर बनेको स्थानीय बताउछन् । सडक निर्माण गर्दा तार यत्रतत्र परेको र पटकपटक नेपाल विद्मुत प्राधिकरणमा जानकारी गराउँदा समेत वेवास्ता गरेको स्थानीयको भनाई छ । आफूहरुको गुनासो प्राधिकरणका कर्मचारीले नसुनेको भन्दै प्रमुख जिल्ला अधिकारी उद्वववहादुर थापालाई गुहार्न बाध्य भएको स्थानीयले जनकारी गराउनु भएको हो । “बुधसिंहमा बत्ती नआएको १५ दिन भयो”, प्राधिकरणका कर्मचारीले गुनासो संम्बोधान नगरेको भन्दै आफूलाई समेत फोन आएको प्रमुख जिल्ला अधिकारी उद्वववहादुर थापाले बताउनु भयो ।
प्रमुख जिल्ला अधिकारी थापाले आफूलाई गुनासो आउने बितिकै नेपाल विद्युत प्राधिकरण नुवाकोट वितरण केन्द्रका प्रमुख सन्तोष कुमारको ध्यानाकर्षण गराएका हुन् । तर वितरण केन्द्रका प्रमुख सन्तोष कुमारले भने पोल अभावको कारण ३ दिनदेखि बुधसिहंमा विद्युत सेवा अवरुद्व भएको बताउनु भयो । एकातिर सेवाग्राही दुई साता देखि अन्धकारमा छन्, अर्कोतिर सेवा प्रदायक संस्था जिल्ला प्रशासन कार्यालय र नेपाल विद्युत प्राधिकरण नुवाकोट वितरण केन्द्रका प्रमुखहरुको भनाई बाझिएको छ । दलित बस्तीमा बत्ती कहिले दिने ?राष्ट्रिय मानव अधिकार आयोग नेपालले गरेको मानव अधिकार र विकास कार्यक्रमले कुनै निष्कर्ष निकालेन । तर नेपाल विद्युत प्राधिकरण नुवाकोट वितरण केन्द्रका प्रमुख कुमारले कार्यालयमा पोल नभएको भन्दै विद्युत सेवा सुचारु हुन केही दिन लाग्ने बताएका छन् । कार्यालयमा पोल कहिले आउछ ? अवरुद्ध सेवा सुचारु हुन्छ? मारमा परेका स्थानीयले सरोकारवालाई फोनमार्फत भए पनि प्रश्न गर्न थालेका छन् ।
गाउँको ६० भन्दा बढी दलित बस्तीमा विद्युत सेवा अवरुद्वह हुँदा विशेष गरि स्कुलले बालिबालिका वृद्ववृद्वा र अपाङ्गता भएका व्यक्तिहरु मारमा परेका छन् ।

प्रतिक्रिया दिनुहोस्