१२ श्रावण २०८१, शनिबार
Logo

वरिष्ठ संस्कृतिविद्, इतिहासविद्, बौद्ध अभियन्ता तथा वामपन्थी नेता विपेन्द्र महर्जनको निधन

रिदेन महर्जन,

काठमाडौं । वरिष्ठ इतिहासविद्, संस्कृतिविद्, बौद्ध अभियन्ता तथा वामपन्थी नेता विपेन्द्र महर्जनको गए राती निधन भएको छ ।
ज्यापू महागुथिको संस्थापक अध्यक्षका साथै मार्क्सवादी चिन्तक बिपेन्द्र महर्जन ८३ बर्षको उमेरमा बुद्धबार करिब ७ः३० बजे दम तथा पिसाव सम्बन्धी रोगबाट मृत्यु भएको हो । ज्यापू महागुथिको अध्यक्षको जिम्मेवारी लिई ज्यापू जातिको नेतृत्व गर्नुका साथै उहाँ वामपन्थी नेता पनि हुनुहुन्छ ।

वि।सं। २०६४ सालको चुनावमा काठमाडौं ५ न क्षेत्रबाट तत्कालीन नेकपा माओबादी पार्टी तर्फबाट संबिधानसभाको सांसद पदमा उठ्नु भएको थियो ।

काठमाडौं न्यूरोड निवासी महर्जनका गरेर बुद्ध उपदेश र नेपाली समाजका कथा, नेपाल भाषाको ‘नेपाः व नेवाः समाज छगू विवेचना’, ‘मां पितब्यूम्ह काय्’ ९नौ वटा संग्रहित कथा० लगायतका पुस्तक प्रकाशित भएका छन् भने नेपाली ऐतिहासिक पुस्तक ‘इतिहासबाट सिक्दै क्रान्तिमा’ अप्रकाशित कृति रहेका छन् । समाज सुधारक तथा प्रगतिशिल बिचारधाराका ब्यक्तित्व महर्जनका तीन छोरा दुइ छोरीहरु छन् ।

वि।सं। २०२८ सालतिर प्रकाशित भएको दृष्टिकोण मासिक साहित्यका सम्पादक समेत रहनु भएका महर्जन विगत लामो समय देखि राज्य स्तरबाट शोषित उत्पीडितमा पारेका नेपाली तथा आदिबासी जनताहरुको आवाज बुलन्द बनाउनका अनुसन्धानात्मक लेखहरु विभिन्न पत्र पत्रिकामा प्रकाशन गर्दै आउनु भएको थियो । आदिवासी, जनजातीहरुको साँस्कृतिक क्षेत्रमा आएको विचलन र बिकृतिका विषयमा उहाँले सय भन्दा धेरै लेखहरु प्रकाशन गरिसक्नु भएको छ ।

प्रतिक्रिया दिनुहोस्