२४ मंसिर २०८०, आईतबार
Logo
final gp koirala advert

जफतीमा विस्थापितका लागी १८ घर निमार्ण सम्पन्न, शान्तिबजारमा ३७ घर निमार्ण हुदै

नुवाकोट, नुवाकोटमा अक्सफाम र सहायता सामाजिक संस्थाको साझेदारीमा बिस्थापीतको लागि जफतीमा १८ निमार्ण भएको छ ।
नुवाकोटका विस्थापीतलाई स्थापित गर्नका लागी अक्सफाम र सहायता सामाजिक संस्थाले अहिले शान्तिबजारमा ३७ घर निमाण गरिएको छ ।
नेपाल भूकम्प पुर्नलाभ तथा पुनः निमार्ण कार्यक्रम अन्तर्गत सरकारले दिने ३ लाख रकममा विस्थापितले पाउने २ लाख रकममा वाकी रकम थपेरे अक्सफाम र सहयता संस्थाले विस्थापितलाई स्थापीत गरेका छन् ।

जस अन्तर्गत विदुर नगरपालिका वडा नम्बर ९ स्थित जफतीमा वार्थोक घलेटोल एकिकृत बस्ती निमार्ण गरिएको छ । नुवाकोटको साविकको भाल्चे गाविसबाट विस्थापित १८ घरधुरी अचेल जफतीमा बस्दै आएका छन् । त्यस्तै किस्पाङ गाउँपालिका वडा नम्बर वडा नंं ५ शान्तिवजारमा रसुवा जिल्लाका डाडागाउँ, मैलुङ, ठूलो गाउँबाट बिस्थापित भई आएका १६ घरधुरीका लागी शान्तिबजार एकिकृत बस्ती निमार्ण भइरहेको छ ।
साथै रसुवा जिल्लाको उत्तरगया गाउपालिका वडा नं १ वाट विस्थापीत भई आएका २१ घरधुरीका लागी तल्लो शान्तिबजार एकिकृत बस्ती निमार्ण कार्य भइरहेको सहायता सामाजिक संस्थाका कार्यकारी निर्देशक अञ्जली पाण्डेले जानकारी दिनु भयो ।
परियोजनाले विदुर नगरपालिकाको जफतीमा दुई कोठे र तीन कोठे घरहरु निर्माण सम्पन्न गरेको छ । घरको प्रति लागत ७ लाख २५ हजार रुपैयाँ रहेपनि ७ लाख रुपैयाँमा घर निर्माण सम्पन्न भएको सहायता सामाजिक संस्थाले जानकारी दिएको छ । अक्सफाम र सहायता संस्थाले घरनिमार्ण गरि सहयोग गरे पनि आफ्नो थातथलो, जग्गा जमिन छोेड्नु परेको गुनासो सो बस्ती समितिका अध्यक्ष शेषमान घलेले बताए। उनले जफतीमा खेतीपाती गर्ने जग्गा जमिन वस्तुभाउ पाल्ने ठाउँको अभावका कारण परिवारको सामान्य आवश्यकता टार्न र आफ्ना बच्चा पढाउन समेत कठिन भएको बताए ।

त्यस्तै परियोजना अन्र्तगत किस्पाङ गाउँपालिकाको वडा नम्बर ५ शान्तिबजारमा ३७ घरहरु निर्माण गरिरहेको छ । दुई कोठे र तीनकोठे घर निर्माण भइरहेको छ । अक्सफाम र सहायताले त्यस क्षेत्रमा आवास निमार्ण, जिविकापार्जन, लैङ्गिक तथा संरक्षण, विपद् जोखिम न्यूनिकरण र खानेपानी तथा सरसफाई कार्यक्रम गर्दै आएको छ ।

प्रतिक्रिया दिनुहोस्