१२ श्रावण २०८१, शनिबार
Logo

संवाद समूह नुवाकोटद्धारा विदुर नगरपालिकामा योजना निर्माण सम्वन्धि छलफल

विदुर, संवाद समूह नुवाकोटको आयोजनामा विदुर नगरपालिकामा योजना निर्माण तथा कार्यान्वयनमा देखिएका समस्याहरुको बारेमा मंगलबार छलफल भएको छ । स्थानीय सरकारले योजना निर्माण तथा कार्यान्वयनमा भोग्नु परेका समस्या पहिचान गरी ती समस्याको समाधान गर्ने उद्देश्यलेले संवाद कार्यक्रम सञ्चालन गरेको हो ।
कार्यक्रममा नगर प्रमुख सन्जु पडिण्तले योजना निर्माण गरि नगरलाई सम्बृद्ध बनाउने क्रममा देखिएका समस्यालाई आगामी दिनमा दीगो र प्रभावकारी योजना छनौट गर्न नगरले ध्यान दिने बताउनु भयो । प्रमुख पडिण्तले विविध योजनाका साथ नगर अघि बढेको, स्वरोजगार, शिक्षा, सडक जस्ता पक्षको विकासमा विशेष चासो राखेको समेत उल्लेख गर्नुभयो ।
त्यस्तै उप प्रमुख गिता कुमारी दाहालले बिगतमा भएको कमी कम्जोरीस्लाई सुधारेर र वडाहरु सग सहकार्य गरेर काम गर्ने बताउनु भयो ।
कार्यक्रममा सहभागी भएका वडा नं १० का वडा अध्यक्ष गणेश कुमार नेपालले नगरपालिकाले मनोमानी ढंगले काम गरेको बताउनु भयो ।अध्यक्ष नेपालले आफुहरुले छनौट गरेर पठाएको योजना कार्यन्वयन नगरेको आराप लगाएका छन् ।उहाले वडा नं १० मा बाटो , खानेपानी सिंचाई स्वास्थ्य लगाएतका क्षेत्रमा समस्या रहेको बताउदै आगामी बजेटमा यसको पनि समुचित ढंगबाट समेट्न आग्रह गर्नु भयो ।

प्रतिक्रिया दिनुहोस्