१२ श्रावण २०८१, शनिबार
Logo

पासाङ्ल्हामू राजमार्गको दुर्दशा अन्त्य गर्नुपर्छ – उपप्रधानमन्त्री पोखरेल

ककनी, उपप्रधानमन्त्री ईश्वर पोखरेलले कृषिलाई व्यावसायिकरण गर्नुपर्ने बताउनु भयो ।
नुवाकोटको रानीपौवामा आयोजित पोष्टबहादुर बोगटी स्मृति कृषि प्रदर्शनी मेलाको सभामा सोमबार उपप्रधानमन्त्री पोखरेलले खेतवारी बाझै राख्न नहुने र कोदो, फापर जस्ता खाद्यान्न पनि किनेर ल्याउनुपर्ने अवस्थाबाट गुज्रिन नहुने बताउनु भयो
उहाँले नुवाकोटको आर्थिक समृद्धि, पर्यटन विकास र उत्पादनका क्षेत्रमा सबै दल, नागरिक समाज र व्यक्तिहरु मिलेर लाग्नुपर्ने प्रष्ट पार्नु भयो । कृषिलाई व्यवसायीकरण तथा आधुनिकीकरण गर्न किसानलाई सुसुचित गरि स्वदेशमा आवश्यक हुने उत्पादन देश मै उत्पादन गर्ने नीतिमा अवलम्वन गर्नु पर्नेमा जोड दिनुभयो ।
उपप्रधान मन्त्री पोखरेलले जनता सुखी नभएको उल्लेख गर्दै भन्नुभयो, “जुनसुकै पार्टीमा लागे पनि देशलाई धनी बनाउने र जनतालाई सुखी बनाउने अभियानमा लाग्नुपर्छ । यसका लागि हामी काँग्रेससँग पनि सहकार्य गर्न चाहन्छौँ । विकासनिर्माणमा हातेमालो गर्न चाहन्छौँ । अहिले देशले खोजेको यही हो ।”
उहाँले पासाङ्ल्हामू राजमार्गको दुर्दशा अन्त्यका लागि सार्वजनिक खरीद ऐन परिवर्तन गरेर बेथितिको अन्त्य गरिने जनाउनुभयो । राजनितिक छाला ओढेर ठेकेदारले मनपरी गर्नाले तोकिएको समयमा सडक निमार्ण नभएको बताउनु भयो ।

प्रतिक्रिया दिनुहोस्