२४ मंसिर २०८०, आईतबार
Logo
final gp koirala advert

विदुर १२ मा खानेपानी योजना निमाण सम्पन्न, १७ घरमा पानीका धारा

विदुर, सरोकारवाला पक्षले नुवाकोटलाई सम्वृद्ध बनाउने घोषणा गरे पनि नुवाकोटका शहरि तथा ग्रामीण क्षेत्रमा विकासका पूर्वाधारको अवस्था पहिलेको जस्तै छ । सरोकारवालाका सम्बृद्ध नुवाकोटको भनाईलाई, नुवाकोटको खानेपानीको अभावले गिज्याइरहेको छ । गर्मी बढे सगै पानीको अभाव नुवाकोटका प्राय भेगमा बढेको छ । विदुर नगरपालिका वडा नं १२ त झन् खानेपानीको समस्या बढ्दोे छ । वडा नं १२ का चैनपुर, चारघरे, मुलावारी जस्ता समुदायमा पानीको हाकाहार बढेको छ । पानीको स्रोत कतै नभएकाले पनि स्थानीयलाई खानेपानी वितरण गर्न नसकिएको नगरपालिकाले बताएको छ । तर वडा न ं १२ कै बाझो बारी देखि कोइराला गाउ सम्म खानेपानी योजना निमार्ण गरिएको छ । सो योजनाबाट १७ घरधुरी प्रभावित भएका छन् ।

सुर्योदय युवा क्लवको आयोजना र युनिसेफको आर्थिक सहयोगमा सो खानेपानी योजना ल्याइएको कोइराला गाउँ उपभोक्ता समितिका अध्यक्ष विनोद कोइरालाले बताउनु भयो । सो खानेपानीको लागत ५ लाख का साथै, दुइ लाख २० हजार वरावरको श्रम दान गरि कुल लागत सात लाख वीस हजार बराबरमा खानेपानी योजना निमार्ण भएको अध्यक्ष कोइरालाले जानकारी दिनु भयो । अहिले घरघरमा मिटर स्टिमबाट धारो पनी राखीएको छ ।यो कोइराला गाउ उपभोक्ता समितिले गरेको उदाहरणिय कामले जनप्रतिनिधिका सम्बृद्ध नुवाकोटका भनाइलाई कुरि कुरि गरेको छ ।

प्रतिक्रिया दिनुहोस्