२० मंसिर २०७८, सोमबार
Logo
Hotel Yangra Nuwakot Trishuli

सम्बृद्ध नुवाकोटका युवा जमातद्धारा ७ अनाथ बालबालिकालाई सहयोग

रसुवा, पछिल्लो समय समाजसेवामा समर्पित हुदै आइरहेको सम्बृद्ध नुवाकोटका अभियानताहरु नुवाकोटका गरिवका साहारा बन्न थालेका छन् । रसुवाको उत्तरगया गाउ पालिका वडा नं ५ को निलकण्ठ माध्यामिक विद्यालयमा अध्ययनरत ७ अनाथ विद्यार्थीलाई सम्बृद्ध नुवाकोटका युवा जमातले सहयोग गरेको छ । अनाथलाई दुःख दिने अनि वाल शोषण गर्नेका लागी यो एउटा उदाहरणिय काम बन्न पुगेको छ । आज पनि अनाथ अनि बालबालिकाका हक अधिकार संविधानका धारामा मै सिमित छन् । तर यो तर्कलाई चिर्ने काम सम्वृद्ध नुवाकोटका अभियातकाहरुले गरेका छन् । अनाथ बालबालिकालाई स्कुलको डेस, जुत्ता मोजा झोलाका साथै स्टेशनरि सामान वितरण गरिएको एक अभियानता सन्जय भट्टले जानकारी दिनु भयो ।

प्रतिक्रिया दिनुहोस्