१२ श्रावण २०८१, शनिबार
Logo

“प्रथम नुवाकोट खुल्ला फिडे रेटिङ्ग रेपिड चेस टुर्नामेन्ट” को उपाधि पुर्व नेपाल च्याम्पियन नेपालीलाई

विदुर, प्रथम नुवाकोट खुल्ला फिडे रेटिङ्ग रेपिड चेस टुर्नामेन्टको उपाधि पुर्व नेपाल च्याम्पियन बद्रिलाल नेपालीले जितेका छन् । स्वीस लिग ७ चरणको खेलमा उनले ६ अंक हासिल गरेका थिए । उपाधिसंगै बद्रिले नगद १५ हजार हात पारे । त्यस्तै समान साढे पाँच अंक भए पनि प्रागे्रसिभ टाइब्रेकमा निबर्तमान नेपाल च्याम्पियन मदनकृष्ण कायस्थ दोश्रा र काठमाण्डौ चेस क्लबका राजेन्द्र बज्राचार्य तेश्रा भए । उनीहरुले क्रमशः नगद १० हजार र ७ हजार प्राप्त गरे ।
विदुर नगरपालिकाको प्रायोजनमा नुवाकोट जिल्ला बुद्धिचाल संघद्धारा जिल्लामै पहिलापटक आयोजित प्रतियोगितामा ललितपुरका हेराकाजी महर्जन चौथौं, दमकका प्रकाश नेपाल पाँचौं, पुर्व नेपाल च्याम्पियन सुरवीर लामा छैटौं, झापाका सुश्रुत दाहालं सातौं, पुर्व नेपाल च्याम्पियन नविन तण्डुकार आठौं, काठमाण्डौका मोहनसिंह प्रधान नवौं र भगवति प्रसाद शर्मा दशौं भै नगद पुरस्कार जित्न सफल रहे ।
त्यस्तै स्थानीयतर्फ त्रिशुलीका प्रकाश जोशी, भेट्रानमा अमजद आलम, बेष्ट १६ मा मिशन युवा क्लब टोखाका निशान बजगाईं र अनरेटेडतर्फ काठमाण्डौंका नकुल बुढाथोकी उत्कृष्ठ भए .
प्रतियोगितामा विदुर नगरपालिकाका प्रमुख सन्जु पडिण्तले नुवाकोटलाई खेलकुदको हव बनाउन यस अघि पनि धेरै प्रकारका खेल नुवाकोटमा सम्पन्न गरिएको बताउनु भयो ।
उहाले नगरपालिकाले नुवाकोटमा ८२ रोपनी जग्गाको क्षेत्रफलमा प्रदेश स्तरिय रंगशालाको निमार्ण र्गा लागिएको बताउनु भयो । रंगशाला निमार्णका लागी प्रदेश सरकारबाट पहिलो चरणमा १ करोड रकम विनियोजन भएको समेत प्रष्ट्याउनु भयो । विदुर नगरपालिका वडा नं २ मा क्रिकेट रंगशाला निमार्ण गर्नका लागी प्रदेश सरकार सग १ करोड रकमको माग गरिएको बताउनु भयो ।
त्यसै गरि कार्यक्रममा जिल्ला खेलकुद परिषद नुवाकोटका अध्यक्ष बुद्धि प्रधानले नुवाकोटलाई खेलकुदको राजधानी बनाउन सरोकारवालालाई आग्रह गर्नु भयो ।उहाले चेसले बालबालिकाको सोच्ने शक्तिमा बृद्धि गर्ने हुनाले चेसलाई विद्यालय स्तरमा ऐच्छिक विषयको रुपमा राख्न समेत सम्वन्धित सरोकारवालालाई आह्वान गर्नु भयो ।
प्रतियोगितामा आयोजक संघका अध्यक्ष अमजद आलम, विदुर नगरपालिकाका मेयर सन्जु पण्डित, फिडे इथिक्स कमिसन सदस्य राजेशहरि जोशी, जिल्ला खेलकुद परिषद नुवाकोटका अध्यक्ष बुद्रि प्रधानलगायतले विजयीलाई ट्रफि, नगद तथा प्रमाण पत्र प्रदान गर्नु भएको हो । दुई दिन सन्चालन भएको प्रतियोगितामा चारजना नेपाल च्याम्पियन, २ जना क्यान्डिडेट मास्टरसहित नुवाकोट झापा काठमाडौ, चितवन भक्तपुर लगायतका ८ जिल्ला र ३ विभागबाट ३७ जना खेलाडीहरुको सहभागी रहेको थियो ।
प्रतियोगितामा कुल नगद पुरस्कार ६० हजार रकम रहेको प्रतियोगिताका संयोजक तथा आयोजक संघका उपाध्यक्ष श्यामकुमार केसीले जानकारी दिनु भयो । खेलमा उत्केष्ट १० र अन्य विद्यामा उत्कृष्ट ५ जनालाई पुरस्कुत गरिएको आयोजकले बताएको छ ।

प्रतिक्रिया दिनुहोस्