१२ श्रावण २०८१, शनिबार
Logo

‘प्रथम नुवाकोट खुल्ला फिडे रेपिड रेटिंग चेस प्रतियोगिता’ सुरु, शिर्ष खेलाडीहरुको शीर्ष स्थानमा आधिपत्य

विदुर, नुवाकोटमा  ‘प्रथम नुवाकोट खुल्ला फिडे रेपिड रेटिंग चेस प्रतियोगिता’ शुक्रवार देखि सुरु भएको छ । नुवाकोट बुद्विचाल (चेस) संघको आयोजनामा देशभरका खेलाडीहरुको सहभागिता रहेको प्रतियोगिता शनिवार सम्म चल्ने छ ।
नुवाकोटको सदरमुकाम विदुरमा सञ्चालन भएको खेलमा नुवाकोट बाहेक झापा काठमाडौ, चितवन लगायतका जिल्लाका खेलाडीको सहभागिता रहेको संयोजक श्यामकुमार केसीले जानकारी दिनुभयो । प्रतियोगितामा ३७ जना खेलाडीहरुको सहभागीता रहेको छ ।
प्रतियोगिताको पहिलो र दोश्रो चरणमा उच्च रेटेड खेलाडीहरुको दबदबा रह्यो। पूर्व नेपाल च्याम्पियन शुरवीर लामाले सुरुमा निशान बजगाईलाई र दोस्रोमा खेलमा युवराज पौडेललाई सहजै पराजित गरेका हुन् । साथै नविन तण्डुकारले मोहन सिं प्रधान र सुमित जोशीलाई पराजित गरे । मदन काथस्थले मिसन वास्कोटा र सुसन गौतम माथि जित हात पारे भने बद्रीलाल नेपालले क्रमशः नकुल बुढाथोकी र जितेन्द्र कुमार विरुद्ध विजय प्राप्त गरे । पूर्व नेपाल च्याम्पियन चारै जनाले २÷२ अकंका साथ प्रथम स्थानमा रहन सफल भएका छन् । विश्व बुद्धिचाल महासंघ इथिस कमिशनका सदस्य एवं ३.२ जोनल र नेपाल बुद्धिचाल संघका पूर्व अध्यक्ष राजेश हरि जोशीले पहिलो वोर्डमा सेतो गोटी चाली आरम्भ गरेको दोश्रो चरणमा जीत दर्ता गर्ने क्रममा प्रकाश नेपाल, राजेन्द्र बज्राचार्य, भगवती प्रसाद शर्मा, सस्रुत दहाल, सुरज लामाले पनि दुई जीत सगै संयुक्त शिर्ष स्थानमा हिस्सेदार बनेका प्रतियोगिताका संयोजक केसीले जालपा न्यूजसगको कुराकानीमा बताउनु भयो ।

प्रतियोगितामा १५ खेलाडीले कुल ६० हजार पुरस्कार प्राप्त गर्नेछन् ।संयोजक केसीले प्रतियोगितामा पहिलो हुने खेलाडीले १५ हजार, दोश्रोले १० हजार, तेश्रोले ७ हजार, चौथोले ५ हजार, पाचौँ हुनेले ३ हजार पुरस्कार वितरण गरिने आयोजकले बताएको छ ।
भोली विहान ८ बजे बाट खेल सुरु हुने छ ।

प्रतिक्रिया दिनुहोस्