१२ श्रावण २०८१, शनिबार
Logo

नुवाकोटमा स्थानीय स्तरको विकास योजना तर्जुमा कार्यक्रम सम्पन्न, सरकारी बजेटको दुरुपयोग नगर्न सांसदद्धारा जनप्रतिनिधिहरुलाई आग्रह

विदुर,  निर्वाचित जनप्रतिनिधिहरुलाई रोजगार सृजना गर्न कृषि पेशालाई आधुनिकिरण र व्यवसायीकरण गर्न संघीय सांसद नारायण प्रसाद खतिवडाले आग्रह गर्नु भयो ।
विहिवार नुवाकोटको सदरमुकाम विदुरमा योजना तर्जुमाको विषयमा छलफल तथा अन्र्तक्रिया कार्यक्रममा बोल्दै प्रदेश सांसद खतिवडाले जनप्रतिनिधिहरुले योजनाको स्तर नछुट्याई ल्याएको र आएका योजना गोलमाल  भएको बताउनु भयो उहाले भन्नुभयो “प्रदेश सरकारको तर्फबाट स्थानीय सरकारलाई निशर्त, शशर्त र योजना तोकेका अनुदान ल्याएको छ , हामी संघीयता अनुरुप अघि बढ्न सकेका छैनौ ।”
संघीय सांसद खतिवडाले भेगिय हिसावले योजना तर्जुमा गर्न र ठूला योजनाका विकास नुवाकोटमा ल्याउन जनप्रतिनिधिहरुलाई सुझाव दिदै भन्नु भयो “सरकार जनताको आवश्यकता सम्म पुगेको छ । तपाईहरुले योजनालाई प्राथमिकता दिने तर्फ जोड दिनुस सामुदायिक विद्यालयको बाझोपन कसरी हटाउने? यो विषयमा सोच्नु होस् ।”
साथै सांसद खतिवडा जनप्रतिनिधिहरुबाट आएका योजनाबाट असन्तुष्टि प्रकट गर्दै संघीय सरकार र प्रदेश सरकारका योजना कार्यान्ययनका नियमा रहि योजना बनाउन जनप्रतिनिधिहरुलाई आग्रह गर्दै भन्नुभयो “नुवाकोटबाट धादिङ र रसुवा जोड्ने सडकको स्तरउन्नती गर्नु पर्छ । विकास हाम्रै पालामा सम्भव छ ।”
योजना तर्जुमाको अन्र्तक्रिया तथा छलफल कार्यक्रममा बोल्दै प्रतिनिधि सांसद हिरानाथ खतिवडाले कर्मचारी अभाव र भएका कर्मचारीले संघ रोज्ने भएकाले जनतालाई प्रदान गरिने सेवामा ढिलासुस्ती हुन नदिन जनप्रतिनिधिलाई कर्मचारीलाई कार्यलयको नियममा राख्न र जनसेवा प्रवाह गर्न आग्रह गर्नु भयो । उहाले विकासका लागी विद्यालय थप्ने भन्दा भएको विद्यालय बाट गुणस्तरिय शिक्षा प्रदान गर्ने बनाउन जनप्रनिधिहरुलाई आग्रह गर्नुभयो । साथै उहाले भन्नुभयो “सरकारी वजेट वालुवामा पानी खन्याए जस्तोहुन्छ कि ? हामी यो खत्राबाट बच्नुपर्छ, हाम्रै कार्यकालमा विकाश गर्नुपर्छ ।”
योजना तर्जुमाको अन्र्तक्रिया कार्यक्रममा वोल्दै प्रदेश सांसद केशव पाण्डेले प्रदेशले स्थानीय तहमा योजना तथा विकासका लागी ठूला योजना १० करोड देखि ५० करोड सम्मको बनाउनु सकिने बताउनु भयो उहाले मझौला योजना ५० लाख देखि १० करोड सम्मको र साना योजना १ करोड सम्मको बनाउन सकिने बताउन बताउनु भयो ।
साथै उहाले स्थानीय तहले योजना बनाउदा पुर्वाधार पर्यटन कृषि, शिक्षा अन्य सामाजिक कार्य बन, उद्योग लाई ध्यानमा राखेर गर्न जनप्रतिनिधिलाई सुझाउनु भयो ।
कार्यक्रममा प्रदेश सांसद आशामाया तामाङ, नेकपाका प्रतिनिधि रामशरण प्याकुरेलले सरकारको बजेटको दुरु पयोग हुन नदिन जनताको आवश्यकलाई मध्यजनर गरि योजना तर्जुमा गर्न जनप्रतिनिधिहरुलाई निवेदन गर्नु भयो ।

योजना तुर्जमा छलफल कार्यधक्रममा विदुर नगरपालिकाका नगर प्रमुख सन्जु पडिण्त , उप प्रमुख गिता कुमारी दाहाल, वेलकोट गढी नगरपालिकाका प्रमुख राजेन्द्र रमण खनाल, उप प्रमुख कविता ढुङ्गाना, तारकेश्वर गाउपालिकाका अध्यक्ष रमेश बहादुर ओस्ती, उपाध्यक्ष तारादेवि रिमाल, किस्पाङ गाउपालिकाका अध्यक्ष छत्रबहादुर लामा, म्यघाङ गाउपालिकाका अध्यक्ष आशा तामाङले आफ्नो नगर तथा गाउपालिकाको विकासका लागी सडक खानेपानी कृषि स्वास्थ्य रोजगारको स्तरउन्नतीका योजना बनाएर प्रदेश सांसदहरुमा पेश गरेका छन् ।
त्यसै गरि कार्यक्रममा विदुर नगरपालिकाका वडा नं १, वडा अध्यक्ष लेनिन रन्जितले, त्रिशुली वासीलाई खानेपानी अभावबाट मुक्त बनाउन, वडा नं ४ वडा अध्यक्ष टलकमान श्रेष्ठ र ६ का वडा अध्यक्ष राजु सडौलाले पिपलटार देखि ढुङ्गेृ सम्मको मुआब्जा पिडितलाई मुआब्जा दिलाउन, वडा नं ९ का वडा अध्यध्यक्ष शनि चित्रकारले जिल्ला त्रिशुली अस्पतालमा डाक्टरको अभाव हुन नदिन, वडा नं ५ का वडा अध्यक्ष जालपा देवि मन्दिर र पृथ्विी नारायण शाहको वरिपरिको जग्गामा तटबन्द गर्न, मासिएर गएका कुमाल संस्कृतिको संरक्षणका लागी कुमाल सङग्रालय खोल्न र वडा नं १० का वडा अध्यक्ष गणेश नेपाल र वडा १३ का वडा अध्यक्ष दल बहादुर तामाङले आफ्नो पडा विकासका लागी प्रदेश सांसदलाई आग्रह गरेका हुन् भने बेलकोगट गढी नगरपालिकाका वडा अध्यक्षहरुले आफनो आफ्नो वडा को विकास गर्न प्रदेश सांसदलाई योजना तर्जुमा कार्यक्रममा आग्रह गरेका हुन् ।
उक्त योजना तर्जुमा छलफलमा निर्वाचित जनप्रतिनिधिले विकासका पूर्वाधारका शिक्षा, स्वास्थ्य, खानेपानी,सडक कृषि, पर्यटन जस्ता पक्षका योजनाहरुको डिपिआर भएका योजनाहरु सांसदहरु नारायण प्रसाद खतिवडा, हिरानाथ खतिवडा, केशव पाण्डे र आशामाया तामाङलाई बुझाएका हुन् ।

प्रतिक्रिया दिनुहोस्