१२ श्रावण २०८१, शनिबार
Logo

प्रदेशले दियो विदुरलाई दमकल, बेलकोटगढीसहित आठ तहले पाए एम्बुलेन्स

विदुर / नुवाकोटका नौ वटा स्थानीय तहलाई प्रदेश सरकारले एम्बुलेन्स र दमकल खरिद गर्ने स्वीकृति दिएको छ ।

प्रदेश ३ सरकारले नुवाकोटसहित प्रदेश ३ का ३७ वटा स्थानीय तहलाई एम्बुलेन्स, शवबाहन र दमकल खरिद गर्न स्वीकृति दिएकोमा विदुर नगरपालिकालाई दमकल खरिदका लागि स्वीकृति दिएको छ भने बेलकोटगढी नगरपालिकालाई एम्बुलेन्स मात्र खरिद गर्न पाउने भएको छ । यस अघि स्थानीय सरकारसँग एम्बुलेन्स, शवबाहन र दमकल सुची उपलब्ध गराउन माग गरेको थियो । मन्त्रिपरिषद बैठकले आवश्यकता अनुसार प्रचलित कानुन बमोजिम खरिद गर्नको लागि स्थानीय सरकारलाई स्वीकृति दिइएको प्रदेश सांसद केशव पाण्डेले बताए ।

प्रदेश सरकारले बेलकोटगढी नगरपालिकासहित किस्पाङ, तादी, तारकेश्वर, दुप्चेश्वर, पन्चकन्या, मेघाङ र सुर्यगढी गाउँपालिकालाई एम्बुलेन्स खरिद गर्नका लागि अख्तियारी प्रदान गरेको छ भने विदुर नगरपालिकाले दमकल खरिद गर्नेछ । ककनी, लिखु, शिवपुरी गाउँपालिकाले भने यस पटक एम्बुलेन्स खरिद गर्न नपाउने भएका छन् । रसुवाको उत्तरगया र नौकुण्ड गाउँपालिकालाई पनि एम्वुलेन्स खरिद गर्न पाउने भएका छन् ।

प्रदेशका नगर क्षेत्रमा दमकल र गाउँपालिकाहरूमा एम्बुलेन्स दिने निर्णय अनुसार गाउँपालिकालाई एम्बुलेन्स खरिद गर्नका लागि स्वीकृति दिएको हो । स्थानीय तहलाई एम्बुलेन्स र दमकल खरिद गर्न प्रदेश सरकारले सशर्त अनुदानको व्यबस्था गर्ने सरकारका प्रवक्ता आन्तरिक मामिला तथा योजना मन्त्री कैलाश ढुंगेलले बताए । प्रदेश सरकारले ३७ वटा स्थानीय तहलाई एम्बुलेन्स, ६ वटा दमकल र ७ वटा शवबाहन माग भएकोले सोही अनुसार खरिद गर्न शसर्त अख्तियारी प्रदान गरेको हो ।

Shivapuri rural municipality awareness message jalapanews

गाउँमा एम्बुलेन्स नभएका कारण धेरै बिरामीले अकालमा ज्यान गुमाउनुपर्ने बाध्यतालाई मध्यनजर गरेर प्रदेश सरकारले गाउँपालिकालाई केन्द्रित गरेर एम्बुलेन्स सेवा दिने निर्णय गरेको हो । गाउँपालिकाले आवश्यताका आधारमा प्रदेश सरकारलाई माग गरेपछि एउटा गाउँपालिकाले एउटा एम्बुलेन्स प्राप्त गर्नेछन् । त्यसैगरी, नगरपालिका, उपमहानगरपालिका र महानगरपालिकालाई आगलागी भएको समयमा तत्काल आगलागी नियन्त्रण गर्न सकियोस् भन्ने उद्देश्यले दमकल दिन लागिएको प्रदेश सरकारले जनाएको छ । सरकारले पछि घोषणा गरेको नगरपालिकाहरूमा दमकल अभावका कारण अन्य नगरपालिकाका दमकल बोलाएर आगलागी नियन्त्रण गर्नुपर्ने बाध्यता छ ।

प्रतिक्रिया दिनुहोस्