२६ जेष्ठ २०८०, शुक्रबार
Logo
final gp koirala advert

विदुर नगर मेयर कप फुटबलको उपाधि कास्कीलाई

विदुर, विदुर नगर मेयर कप रााष्ट्रिय आमन्त्रण अन्तर नगरपालिका फुटलव प्रतियोगिताको उपाधि कास्कीको पोखरा महानगरपालिकाले जितेको छ ।
नुवाकोटको सदरमुकाम विदुर नगरपालिका वडा नं ४ आर्दश बहुमुखी क्याम्पसको खेल मैदानमा सोमबार सम्पन्न फाइनल खेलमा पोखरा महानगरपालिकाले विदुर नगरपालिकालाई ० का विरुद्ध २ गोलले पराजित गरेको हो ।

प्रतियोगितामा विदुर नगरपालिकाका जर्सी नं ९ का आशिष लामाले ७ गोल गरि हाई स्कोरको उपाधि जितेका हुन् । पोखरा महानगरपालिका जर्सी नं १५ का टिका गुरुङले  उदिय मान खेलाडीको उपाधि हात पारेका हुन् भने विदुर नगरपालिकाका जर्सी नं ८ का मोहन तामाङ उत्कृष्ट खेलाडी र जर्सी नं १६ का गोविन्द प्रसाद रिमाल म्यान अफ द म्याच घोषित भएका हुन् ।
पोखरा महानगरपालिका कास्कीलाई प्रथम पुरस्कार तीन लाख रकमको चेक, ट्रफी सहित प्रमाण पत्र ३ नं प्रदेशका उप समामुख राधिका तामाङ, प्रदेश सांसदहरु हिरानाथ खतिवडा, केशव पाण्डे र बद्री मैनालीले वितरण गर्नु भएको हो । द्धितिय पुरस्कार विदुर नगरपालिकालाई १ लाख ५० हजार रकमको चेक, ट्रफी सहित प्रमाण विदुर नगरपालिकाका प्रमुख सन्जु पडिण्त उप प्रमुख गिता दाहाल जिल्ला खेलकुद परिषद् नुवाकोटका अध्यक्ष बुद्धि प्रधानले वितरण गर्नु भएको हो ।

प्रतिक्रिया दिनुहोस्