१२ श्रावण २०८१, शनिबार
Logo

नुवाकोट खबर नामक फेसबुक फेक एकाउन्टबाट नुवाकोटकी युवतीलाई ब्याक मेल

विदुर , नुवाकोटकी २३ वर्षिय युवतीलाई सामाजिक सञ्जाल (फेसबुक) मा ब्याक मेल गरेको आरोपमा एक युवक पक्राउ परेका छन् । बैशाख १५ गते देखि नुवाकोटको विदुर नगरपालिकाकी युवती र युवतीको परिवारलाई नै पटकपटक नुवाकोट खवर नामक फेक एकाउन्टबाट ब्याक मेल गरेको भन्दै पिडित युवतीले बैशाख १८ गते जिल्ला प्रहरि कार्यालयमा उजुरी परेको नुवाकोटको प्रहरिले जनाएको छ । पिडित युवतीको फोटोहरु फेसबुकमा राखेको आरोप उल्लेख गर्दै चितवन रत्ननगर नगरपालिका वडा नं १४ का २३ वर्षिय दिपक महतोलाई प्रहरिले पक्राउ गरेको हो । पिडित युवतीले सो युवक यौन व्यवसाय तथा मानववेचविखनमा समेत संलग्न रहेको आरोप लगाएकी छिन् । साइवर अपराध गरेको भन्दै सो युवकलाई आवश्यक अनुसन्धानका लागी तालुक महानगरिय प्रहरि अपराध महाशाखा पठाइएको जिल्ला प्रहरि कार्यालय नुवाकोटले जानकारी दिएको छ ।

प्रतिक्रिया दिनुहोस्