२४ मंसिर २०८०, आईतबार
Logo
final gp koirala advert

बोक्सी आरोप लगाउने विरुद्ध उजुरी दर्ता

धादिङ । नीलकण्ठ नगरपालिका–९ पाल्पाभञ्ज्याङ निवासी ५३ वर्षीया छबिकुमारी लम्सालले आफूमाथी बोक्सी आरोप लगाएर कुटपिट गर्ने छिमेकीलाई कारबाहीको माग गर्दै ०७६ बैशाख १८ जिल्ला प्रहरी कार्यालय धादिङमा उजुरी दर्ता गराएकी छिन् । नीलकण्ठ नगरपालिका–९ पाल्पाभञ्ज्याङ निवासी ३२ वर्षीया गिता अधिकारीपछिल्लो पटक ०७६ बैशख १६ गते धारामा पानी लिन जाँदा लम्साललाई बोक्सी आरोप लगाइ ढुंगाले हानेर घाइते पारी मार्ने सम्मको धम्की दिएकोले आफ्नो ज्यानको सुरक्षा माग गर्दै आरोपितलाई कारबाही गर्न माग गर्दै उजुरी दर्ता गराएकी हुन् । विगत तिन वर्षदेखि आफूमाथी आरोपित अधिकारीले धारोमा पानी लिन जान नसक्ने अवस्था आउनेगरि आक्रमण गर्ने, पानी लिन लगेको भाडो फालिदिने, ज्यानमार्ने धम्की दिने र बोक्सी भनेर पटक पटक कुटपिट समेत गरेकोले आफ्नो ज्यानको सुरक्षा र आरोपितलाई कारबाहीका लागि माग गर्न आएको पीीडतले बताइन् । आरोपित, पीडित र गाउँबासी गाउँमै बसेर बैशाख १७ छलफल गर्दा गाउँबासीले आरोपितलाई घाउ खर्च बापत लागेको रकम दिन अनुरोध गर्दा समेत नमानेपछि प्रहरी कार्यालय आएको पीडितको भनाइ छ । पीडितको जिल्ला अस्पतालमा बैशाख १६ गते उपचार गरिएको थियो । प्रहरी कार्यालयमा उजुरी पछि पीडितको बैशाख १८ गते जिल्ला अस्पतालमा स्वास्थ्य परिक्षण गरिएको छ । आरोपित र पीडित दुबै पक्ष राखेर छलफल गराउने तयारी गरिएको प्रहरीले जानकारी दिएको छ । प्रहरीमा छलफल गराउनै नमिल्ने विषय भएपनि गाउँबासीको आग्रहमा छलफल गराउँदा आरोपित नमानेपछि शुक्रबार पीडित लम्सालले किटानी जाहेरी दर्ता गराइन् ।

प्रतिक्रिया दिनुहोस्