२६ जेष्ठ २०८०, शुक्रबार
Logo
final gp koirala advert

गाउँपालिका कार्यालयमा चोरी

धादिङ,  नेपाली सेनाको व्यरेकसंगै रहेको गजुरी गाउँपालिका कार्यालयमा  शुक्रबार चोरी भएको छ । गजुरी गाउँपालिका वडा न १ मा रहेको नेपाली सेनाको व्यारेकसंग जोडिएको नयाँ कार्यालयमा रातीको समयमा चोरी गरिएको गाउँपालिका प्रमुख राजेन्द्र बिक्रम बस्नेतले प्रेस विज्ञप्ती प्रकाशन गरि जानकारी दिनुभएको छ । अज्ञात व्यक्तिहरुले राती कार्यालयको ढोकाफुटाएर दराज तथा भित्र लगाएका अन्य ढोकाहरु समेत तोडफोड गरि डिएसएल क्यामरा, ल्यापटप भिडियो क्यामरा, केही हार्ड डिक्सहरु लगायतका सामाग्री चोरी भएकोले अनुसन्धान गरि कारबाही गर्न सुरक्षा निकायसंग गाउँपालिकाबोर्ड बैठकले शुक्रबार निर्णय गरेको बस्नेतले बताउनुभयो । गाउँपालिका कार्यालयमा चोरी हुनुलाई असुरक्षा भन्दै सुरक्षाको प्रत्याभूतिहुने गरि व्यवस्थापन गर्न समेत गाउँपालिकाले माग गरेको छ ।

प्रतिक्रिया दिनुहोस्