बैबाहिक बलात्कार आरोपा जाहेरी दर्ता
धादिङ । विवहाग गरेर पति संगै बसेकी एक महिलाले ०७६ बैशाख १९ गते जिल्ला प्रहरी कार्यालयमा धादिङमा आफूलाई पतिले बलात्कार गरेको आरोप लगाउँदै जाहेरी दर्ता गरेकी छिन् । धादिङ जिल्लाकी एक २५ वर्षीया महिलाले उनका पति २३ वर्षीय पुरुष विरुद्ध जिल्ला प्रहरी कार्यालयमा जाहेरी दर्ता गरेकी हुन् । तिन वर्ष अघिदेखि आफूमाथी पतिले लागातार जबरजस्ती यौन सम्पर्क गरेको र पछिल्लो पटक बैशाख १३ गते राती आफूमाथी जबरजस्ती गरेर टोकेर घाउ नै बनाएको पीडितले बताइन् । आफूलाई बच्चा जन्मने ब्यथा लागेको दिनमा र सुत्केरी भएको १२ दिनको दिनमा समेत यौन सम्पर्क गरेर पिडा दिएकोले आफू बस्नै नसक्ने र उसले अमानविय र क्रुर व्यवहार गरिरहेकाले आफूले प्रहरीमा जाहेरी दिएको पीडितले बताइन् । जाहेरी दर्ता गराइएपछि पीडितको जिल्ला अस्पताल धादिङमा बैशाख १९ गते स्वास्थ्य परिक्षण र उपचार गरिएको छ । जाहेरी दर्ता गरिएपनि आरोपित फरार रहेको प्रहरीले जानकारी दियो । आरोपितलाई प्रहरीले गिरफ्तार गरि मुलुकी अपराध९संहिता० ऐन २०७४ परिच्छेद १८ को २१९ को ४ अनुसार बैबाहिक बलात्कार अन्तरगत कारबाही गर्न अनुसन्धानपछि अदालता पेश गरिने प्रहरीले जानकारी दिएको छ ।
प्रतिक्रिया दिनुहोस्