१२ श्रावण २०८१, शनिबार
Logo

विदुर मेयरकप फुटबल प्रतियोगिता, बुढानिलकण्डद्धारा व्यास २–० गोलले पराजित

विदुर,नुवाकोटमा विदुर नगरमेयरकप राष्ट्रिय आमन्त्रण अन्तर नगरपालिका मेयरकप फुटबल प्रतियोगिता बुधबार देखि सुरु भएको छ । नुवाकोटको सदरमुकाम विदुर नगरपालिका वडा नं ४ नुवाकोट आर्दश बहुमुखी क्याम्पसको खेल मैदानमा विदुर नगरमेयरकप राष्ट्रिय आमन्त्रण अन्तर नगरपालिका मेयरकप फुटबल प्रतियोगिता सञ्चालन भईरहेको छ ।
विदुर नगरपालिकाको आयोजना तथा जिल्ला फुटबल सङ्घ, जिल्ला खेलकुद विकास समिति नुवाकोटको प्राविधिक सहयोगमा सञ्चालन हुने प्रतियोगितामा देशभरिका ८ टिम सहभागी छन् । प्रतियोगिता सुरु भएको तेस्रो दिनको खेलमा व्यास नगरपालिका तनहुलाई बुढानिलकण्ड नगरपालिका काठमाण्डौले २–० गोलले पराजित गरेको छ । प्रतियोगितामा बुढानिलकण्ड नगरपालिका काठमाण्डौ टिमका जर्सी नं ८ का दिपेस श्रेष्ठले १ गोल र सो टिमका जर्सी नं १२ का उर्गेन शेर्पाले १ गोल गरेको हुन् । जर्सी नं ८ का दिपेस श्रेष्ठ प्रतियोगिताको म्यान अफ द म्याच घोषित भएका हुन् ।
शनिवार हुने खेलमा भने भरतपुर महानगरपालिका चितवन र पोखरा महानगरपालिका कास्की विहान सात तीस बजे भिड्ने आयोजकले बताएको छ । भने सेमिफाइनल खेलमा भने विदुर नगरपालिका नुवाकोट र मेलम्ची नगरपालिका सिन्धुपाल्चोक दियसो ती तीस बजे भिड्ने भएका छन् ।

प्रतिक्रिया दिनुहोस्