१२ श्रावण २०८१, शनिबार
Logo

बेलकोटगढी नगरपालिका विरुद्र्ध मेलम्ची नगरपालिकाको ६ गोल

विदुर, नुवाकोटमा राष्ट्रियस्तरको अन्तर नगरपालिका मेयरकप फुटबल प्रतियोगिता बुधबार देखि सुरु भएको छ । नुवाकोटको सदरमुकाम विदुर नगरपालिका वडा नं ४ नुवाकोट आर्दश बहुमुखी क्याम्पसको खेल मैदानमा राष्ट्रियस्तरको अन्तर नगरपालिका मेयरकप फुटबल प्रतियोगिता सुरु भएको हो । शिक्षा, संंकृति कृषि र पूर्वाधारको अभियान, दिगो व्यापारिक केन्द्र विदुरको स्वाभिमान भन्ने मुल नाराका साथ संचालन भएको प्रतियोगिताका नुवाकोट क्षेत्र नं १ का संघीय सांसद नारायण प्रसाद खतिवडाले उद्घाटन गरेका छन् ।
कार्यक्रममा बोल्दै सांसद खतिवडाले सरकारका तिन वटै तहले खेलकुद विकासमा जोड दिएको बताउनु भयो । उहाले भन्नु भयो, “सात सय ५३ वटै तहले खेलकुद र खेलाडीको विकास विस्तारमा रणनिति तयार पारेको छ ।”


विदुर नगरपालिकाको आयोजना तथा जिल्ला फुटबल सङ्घ, जिल्ला खेलकुद विकास समिति नुवाकोटको प्राविधिक सहयोगमा सञ्चालन हुने प्रतियोगितामा देशभरिका ८ टिम सहभागी हुने भएका छन् । बेलकोटगढी नगरपालिका नुवाकोट, मेलम्ची नगरपालिका सिन्धुपाल्चोक, विदुर नगरपालिका नुवाकोट, धुनिवेसी नगरपालिका धादिङ, ब्यास नगरपालिका तनहुँ, बुढानिलकण्ठ नगरपालिका काठमाण्डौँ, भरतपुर महानगरपालिका चितवन, पोखरा महानगरपालिका कास्कि प्रतियोगितामा सहभागी हुने भएका हुन् ।
उद्घाटनको दिन बुधवार बेलकोटगढी नगरपालिका नुवाकोट र मेलम्ची नगरपालिका सिन्धोपाल्चोक विच खेल भएको हो । उक्त दुई टिम विचको खेलमा बेलकोटगढी नगरपालिका नुवाकोटलाई मेलम्ची नगरपालिका सिन्धुपाल्चोकले शुन्यका विरुद्ध ६ गोलले खेलमा जित हासिल गरेको हो ।
विहिवार हुने खेलमा विदुर नगरपालिका नुवाकोट र धुनिवेशी नगरपालिका धादिङविच खेल हुने आयोजकले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्