११ बैशाख २०८२, बिहीबार
Logo

नुवाकोटमा राष्ट्रियस्तरको अन्तर नगरपालिका मेयरकप फुटबल प्रतियोगिता हुदैँ

विदुर, नुवाकोटमा राष्ट्रियस्तरको अन्तर नगरपालिका मेयरकप फुटबल प्रतियोगिता बुधबार देखि सुरु हुने भएको छ । नुवाकोटको सदरमुकाम विदुर नगरपालिका वडा नं ४ नुवाकोट आर्दश बहुमुखी क्याम्पसको खेल मैदानमा राष्ट्रियस्तरको अन्तर नगरपालिका मेयरकप फुटबल प्रतियोगिता हुने भएको छ ।

विदुर नगरपालिकाको आयोजना तथा जिल्ला फुटबल सङ्घ, जिल्ला खेलकुद विकास समिति नुवाकोटको प्राविधिक सहयोगमा सञ्चालन हुने प्रतियोगितामा सातै प्रदेशभित्रका महानगर, उपमहानगर र नगरपालिकालाई पत्राचार गरिएको थियो । प्रतियोगितामा देशभरिका ८ टिम सहभागी हुने भएका छन् ।बेलकोटगढी नगरपालिका नुवाकोट, मेलम्ची नगरपालिका सिन्धुपाल्चोक, विदुर नगरपालिका नुवाकोट, धुनिवेसी नगरपालिका धादिङ, ब्यास नगरपालिका तनहुँ, बुढानिलकण्ठ नगरपालिका काठमाण्डौँ, भरतपुर महानगरपालिका चितवन, पोखरा महानगरपालिका कास्कि प्रतियोगितामा सहभागी हुने भएका हुन् ।
मंगलबार नुवाकोटको सदरमुकाम बट्टारमा पत्रकार सम्मेलन गदै प्रतियोगितामा प्रथम हुने टिमलाई नगद तीन लाख रकम सहित शिल्ड र प्रमाणपत्र प्रदान गरिने विदुर नगरपालिकाका प्रमुख सन्जु पडिण्तले जानकारी दिनु भयो । उहाले द्वितीय हुने टिमलाई एक लाख ५० हजार नगद, शिल्ड र प्रमाणपत्र वितरण गरिने बताउनु भयो ।
वैशाख १८ गतेदेखि २३ गते सम्म हुने प्रतियोगिताको संघीय सांसद् नारायण प्रसाद खतिवडाले उद्घाटन गर्ने आयोजकले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्