१२ श्रावण २०८१, शनिबार
Logo

नुवाकोटमा बधशालाको शिलान्यास

विदुर, स्थानीयलााई स्वस्थ मासु वितरण गर्ने उदेश्यका साथ नुवाकोटमा आधुनिक बधशालाको शिलान्यास सम्पन्न भएको छ । स्वस्थ र सफा मासुको विक्री वितरणगर्न र नगरलाई सफा राख्न बधशालाको निमार्ण गर्न लागेको विदुर नगरपालिका का प्रमुख सन्जु पण्डितले बताउनु भयो । नुवाकोटको सदरमुकाम नजिक रहेर पनि विकास हुन नसकेको सिमचौरमा बधशाला निमार्ण र सञ्चालन सगै त्यस क्षेत्रको विकासमा सहयोग पुग्ने प्रमुख पण्डितले बताउनु भयो । नगरलाई स्मार्ट सिटी बनाउने उदेश्यका साथ नगरपालिकाले नगरभित्रमा सवै क्षेत्रमा विकास र विस्तार गर्नका लागी शिक्षा स्वास्थय खानेपानी जस्ता पक्षमा जोड दिएको समेत पुष्टि गर्नु भयो ।

बिदुर नगरपालिका वडा नम्बर ४ सिमचौर को त्रिशुलि नदि किनारमा निर्माण हुन लागेको बधशाला चालु आर्थिक बर्ष भित्रमा बधशाला निर्माण कार्य सम्पन्न गर्ने योजना रहेको विराट÷ रत्न श्रेष्ठ एण्डवि. वाई. एन जे÷भी कम्पनीका विष्णु प्रसाद सापकोटाले बताउनु भयो । उहाले उपभोक्ता लाइ सुरक्षित मासु पु¥याउने उदेश्यले बिशेष अनुदान बाट प्राप्त १ करोड ७३ लाख लागतमा आधुनिक बधशाला निर्माण गर्न लागिएको नगर बताउनु भएको भयो ।
जथाभाबि अबैध रुपमा नगरपालिका भित्र निर्माण भएका बधशालाले जनस्वास्थ्यमा प्रतिकुल असर गरि महामारि समेत निम्तने खतरा हुने बताउदै विदुर नगरपालिकाका उप प्रमुख गिता दाहालल बधशालाको निमार्ण गर्न लागेकोे बताउनु भयो । व्यवसायिहरुले नुवाकोटको बिदुर, त्रिशुलि, बटार लगायतका क्षेत्रमा अबैध रुपमा बधशाला निर्माण गरि मासु बिक्रि बितरणलाई नियन्त्रण गर्नका लागी बधशालाको निमार्ण गर्न लागेको उप  प्रमुख दाहालले बताउनु भयो ।
मासु जन्य पदार्थ बाट निस्कने फोहोरमैला व्यवस्थान गर्दैे बातारणलाइ स्वच्छ बनाउन मदत पुग्ने आधुनिक बधशाला निर्माणका लागि टेण्डर प्रक्रिया भइसकेको नगरपालिकाले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्