१२ श्रावण २०८१, शनिबार
Logo

विपन्न बिद्यार्थीको अभिभावकत्व ग्रहण

पत्रकार शिव देवकोटाले बिदुर नगरपालिका वडा नम्वर ५ को च्वाडी पब्लिक माध्यमिक बिद्यालयमा अध्ययनरत एक बिपन्न बिद्यार्थीको अभिभावकत्व ग्रहण गरेका छन् । आईतबार बिद्यालयमा आयोजित एक कार्यक्रममा बिद्यालयको कक्षा २ मा अध्ययनरत छात्र प्रितम तामाङको पत्रकार देवकोटालाई अभिभावकत्व हस्तान्तरण र बिदुर नगरपालिका वडा नम्वर ५ का समाजसेवी धुव्र प्रसाद ढकालले प्रितमकी दिदी कक्षा ६ मा अध्ययनरत पुजा तामाङको पनि अभिभावकत्व ग्रहण गरेका हुन् ।

नुवाकोटको म्यागङ गाउँपालिका वडा नम्वर ३ देउरालीका प्रितमको बुवा सम्पर्कवीहिन रहेको र आमा अन्यत्र विवाह गरेर गएका कारण उनलाई ठुलोबुवा सोमवारेले संरक्षण दिईरहेका थिए । ठुलो बुवा सोमबारे पनि मृगौला रोगबाट पीडित भएपछि प्रितमको पठनपाठन प्रभाबित बनेको थियो । बिद्यालयका प्रधानाध्यापक टिकाराम खरेलले बिद्यालयको आग्रहमा पत्रकार देवकोटाले प्रितमले बिद्यालयमा अध्ययन गरुञ्जेल सम्म नियमित खाजा सहित अध्ययनका लागि लाग्ने सम्प“र्ण खर्च उपलब्ध गराउने सहमति भएको जानकारी दिएका छन् ।
त्यसक्रममा पत्रकार देवकोटा र समाजसेवी ढकालले विपन्नताका कारण शिक्षा प्राप्त गर्ने अवस्थाबाट बञ्चित हुन नदिन दिदीभाईको अभिभावकत्व स्विकारेको बताए ।

प्रतिक्रिया दिनुहोस्