२४ मंसिर २०८०, आईतबार
Logo
final gp koirala advert

नुवाकोटमा महान सत्संग समारोह सम्पन्न

विदुर, मानव धर्म सबै भन्दा ठूलो धर्म हो भन्ने उदेश्यका साथ नुवाकोटमा महान सत्संग समारोह गरिएको आयोजकले बताए । बैदिक सनातन धर्मको संरक्षणका साथै प्रचार, अध्यात्मिक ज्ञानको प्रचार गर्ने हेतुका साथ नुवाकोटमा महान सत्संग समारोह गरिएको नेपाल मानव धर्म सेवा समिति युवा संगठनले जनाएको छ ।
नेपाल मानव धर्म सेवा समिति युवा संगठनका संयोजक उत्तम गिरीले पछिल्लो समय नेपाली समाजमा मानव धर्म छायामा पर्दै गएको बताउदै अध्यात्मिक ज्ञानको जागरण गर्न मेची देखि महाकाली सम्म तथा नेपालका विभिन्न जिल्लाहरुमा उक्त कार्यक्रमको आयोजना गरिएको बताउनु भयो ।साथै उहाँले सम्बृद्ध समाज निमार्णका लागी अध्यात्मिक, सामाजिक तथा नैतिक शिक्षाको व्यवहारिक ज्ञान गराउन, राष्टिय एकता एंव विश्व शान्तिका लागी बशुधैव कुटुम्वकम्को भावना जागृत गराउन, देश व्यापी रुपमा मानव सत्संग अभियानमा लागेको बताउनु भयो ।

विहिवार नुवाकोटको सदरमुकाम विदुर नगरपालिका वडा नं ४ संगमचोकको शिव मन्दिरमा भएको महान सत्संग समारोहमा मानव धर्मको रक्षाका लागी विभिन्न प्रवचन तथा भक्तिभावका भजनहरु प्रस्तुत गरिएको हो ।

नेपाल धर्म सेवा समितिको आयोजनामा भएको कार्यक्रममा नेपाल धर्म सेवा समितिका बरिष्ठ सन्तमहात्मा त्रिगुणा बाई जी, उक्त धर्म समितिका बाग्मती अञ्चलका प्रमुख लता बाइजीले प्रवचन दिनु भएको हो ।

प्रतिक्रिया दिनुहोस्