७ माघ २०८१, सोमबार
Logo

भुकम्प गएको चार वर्ष पुरा, नुवाकोटमा ४४ हजार ८९ निजी आवास निर्माण

नुवाकोट, विनासकारी भुकम्प गएको चार वर्ष पुगेको छ । २०७२ सालको भुकम्पमा नुवाकोटमा ११ सय ९ को मृत्यु,भएको थियो भने २५ जना बेपत्ता, २३ सय ८२ जना घाइते भएका थिए ।
बिहिबार नुवाकोटमा चौथो गोरखा भुकम्प स्मृति कार्यक्रम सम्पन्न भएको छ । भुकम्पका कारण मृत्यु भएका नागरिकहरुको सम्झनामा ,अनुदान ब्यवस्थापन तथा स्थानिय पुर्वाधार नुवाकोटले संयुक्त चौथो गोरखा भुकम्प स्मृति कार्यक्रम आयोजना गरीे दिप प्रज्वलन गरेको छ ।
कार्यक्रममा जिल्ला समन्वय समिति नुवाकोटका प्रमुख सन्तमान तामाङले बास्तविक पिडितले राहात नपाउदा एकै परिवारका ३ जना सम्मले राहात पाएको र गुनासो संकलन पद्दती प्रभावकारी नभएकोले त्यसलाई चुस्त दुरुस्त बनाउनुपर्ने बताउनु भयो ।


नुवाकोटमा निजि आवास निर्माणको लागि लाभग्राही सूचिमा सूचिकृत भएकामध्ये ७१ हजार ९ सय ६३ ले पहिलो किस्ता लिएका छन् भने ४ हजार ७ सय ३१ परिवारले पहिलो किस्ता लिएका छैनन् । ७६ हजार ५ सय ५१ लाभग्राहीमध्ये ६४ हजार १ सय ७६ लाभग्राहीले दोस्रो किस्ता रकम लिएका छन् । ४४ हजार ८९ ले घर निर्माण सम्पन्न गरी तेस्रो किस्ता रकम बुझिसकेको आयोजना कार्यान्वयन इकाई अनुदान व्यवस्थापन तथा स्थानीय पूर्वाधार कार्यालय नुवाकोटका प्रमुख विक्की लाखाले बताउनु भयो । प्रमुख लाखाले नुवाकोटमा २ सय ३० जना भुमिहिनको निवेदन परेकोमा ७७ घरधुरीको प्रमाणित भएको बताउनु भयो । पुननिमार्ण प्राधिकरणले ७७ जना भुमिहिन प्रमाणित गरि थप २ लाख रुपैया अनुदान पाउने सुचिमा परेको प्रमुख लाखादे बताउनु भयो । जसमा ३० जना भुमिहिन लाई जग्गा खरिद गर्ने प्रकृयामा गैसकेको पनि प्रमुख लाखाले बताउनु भयो । यस्तै नुवाकोटमा जोखिममा रहेका ३ सय ८१ मध्ये २ सय ७ घरधुरीले दुई लाख अनुदान रकम लिएर जग्गा खरिद गरि घर निमार्ण सम्पन्न गरिसकेको प्रमुख लाखाले बताउनु भयो । राष्टिय पुर्न्निमार्ण प्राधिकरण अनुदान व्यवस्थापन तथा स्थानीय पूर्वाधार कार्यालय नुवाकोटका अनुसार बाकी जोखिममा रहेका नागरिकहरु जग्गा खरिदको प्रकृयामा नआएको जनाएको छ ।  अधिकांश नागरिकहरुले साबिककै स्थानमा निजि आवास निमार्ण गरि अनुदान रकम लिएकाले जग्गा खरिद बापतको रकम दिन नमिल्ने प्राधिकरणले जनाएको छ । बस्ती स्थानान्तरण हुने नागरिकहरुको लागी मात्रै राज्यले थप २ लाख रुपिया दिने निर्णय गरेअनुसार २ सय ७ घरधुरीले मात्रै अनुदान रकम पाएको अनुदान व्यवस्थापन तथा स्थानीय पूर्वाधार कार्यालय नुवाकोटले जनाएको छ । त्यस्तै पहिलो चरणमा ११ हजार ५४४ र दोस्रो चरणमा २ हजार ६५० घरधुरी गुनासोमा दर्ता भएपनि अझै पनि कतिपय घरधरी गुनासोमा समेत समेटिएका छैनन् । २ हजार ८६३ गैर लाभग्राहीले प्राप्त गरेको अनुदान रकम वास्तविक भुकम्प पिडितले पाएका छैनन् । वास्तविक भुकम्प पिडित अझै मारमा छन् । टहरामा जिविका पार्जन गर्दै आएका हामी हावामा टहराको जस्ता उडाउला कि भन्ने पिरमा कहिले सम्म दिनरात कटाउने ? पिडितहरुको भनाई छ ।

जिल्लामा रहेको १२ स्थानीय तहमध्ये बेलकोटगढी नगरपालिकाले ३२ प्रतिशत लाभग्राहीलाई मात्र तेश्रो किस्ता वितरण गरेको छ । उक्त नगरपालिका नयाँ भएकोले घरको नक्सा पासमा ढिलाई भएको बताइएको छ ।


त्यसै गरि जिल्लामा रहेको म्यघाङ गाउपालिकाको वडा नं १ मा ८९ प्रतिशत, वडा नं २ मा ९०.६६ प्रतिशत र दुप्चेश्वर गाउपालिकाको वडा नं २ मा ८५ प्रतिशत निजी आवास निमार्ण सम्पन्न भएको छ । अन्य गाउपालिकाले भन्दा पुनर्निर्माण बढि प्रगती गर्न सफल भएकाले उक्त वडाका वडा तिन अध्यक्षहरुलाई प्रमाणपत्र सहित सम्मान गरिएको छ ।

प्रतिक्रिया दिनुहोस्