१२ श्रावण २०८१, शनिबार
Logo

आर्थिक सामाजिक रुपमा सामन्तवादको आधारहरु भत्किसक्यो – मन्त्री बस्नेत

विदुर, साम्राज्यवादको विरोधि राजनितिक प्रणाली लेनिनवाद रहेको बन तथा वातावरण मन्त्री शक्ति बहादुर बस्नेतले बताउनु भयो ।
७० औँ पार्टी स्थापना दिवस तथा १४९ औँ लेनिन जयन्तीको अवसरमा नेकपा नुवाकोटको आयोजनामा सम्पन्न कार्यक्रममा बोल्दै मन्त्री बस्नेतले आर्थिक सामाजिक रुपमा सामन्तवादको आधारहरु भत्कीसकेको बताउनु भयो । उहाले राज्य सामाजवाद तर्फ उन्मुख हुन नसकेको बताउदै राज्यले पुँजीवादको चरित्र ग्रहण गर्न नसकेको बताउनु भयो । मन्त्री बस्नेतले राजनितिक क्रान्ति पुरा भएकाले राजनितिक क्रान्तिले ल्याएका अवसरलाई सामाजिक र आर्थिक रुपान्तरणमा लाग्न सरोकारवालाहरुलाई आग्रह गर्नु भयो ।
नुवाकोटकोटको सदरमुकाम विदुरमा सम्पन्न कार्यक्रममा बोल्दै मन्त्री बस्नेतले संघीय लोकतान्त्रिक गणतन्तात्मक प्रणालीलाई पूर्ण रुपमा सञ्चालन गर्न सरकारले राज्य संरचना र कानुनी ब्यवस्थामा जोड दिनुपर्ने बताउनु भयो । उहाले मुलुकलाई समृद्ध दिशा तर्पm उन्मुख गर्नका लागी सामाजिक न्याय आर्थिक विकास जस्ता पक्षमा जोड दिनु पर्ने प्रष्ट्याउनु भयो ।
वन तथा वातावरण मन्त्री बस्नेतले नेकपाले संघीय चुनावमा प्राप्त गरेको दुईतिहाई मत सदैव कायम राख्न देश जनतामा नेकपाको आवश्यक रहेको महशुष गराउन अन्य पार्टीले भन्दा तुलनात्मक रुपमा विकास निमार्ण कार्य गर्न नुवाकोटका सरोकारवाला तथा जनप्रतिनिधिहरुलाई सुसुचित गर्नु भएको छ ।
साथै मन्त्री बस्नेतले तिन वटै तहमा नेकपाले आफ्नो अस्तित्व कायम राख्न युवा शक्ति विदेश पलायन हुनबाट रोक्न, समानुपातिक विकासमा जोड दिन, मुलुकमा आर्थिक सामाजिक परिवर्तन सहितको खाका कोर्न नुवाकोटका सरोकारवाला, जनप्रतिनिधि तथा शिक्षित वर्गलाई आग्रह गर्नु भयो ।


माक्सवाद लेनिनबाद जिन्दावाद भन्ने मुल नाराका साथ सम्पन्न कार्यक्रममा संघीय सांसद नारायण खतिवडा, नेकपाका केन्द्रिय सदस्य विमला सुवेदी, माधव अर्याल, नेकपा नुवाकोटका अध्यक्ष पुष्प लामिछाने, विदुर नगरपालिकाका प्रमुख सन्जु पडिण्त लगायतका सरोकारवाला तथा जनप्रतिनिधिहरुको सहभागिता रहेको थियो ।

साथै आज साझ होटल वाटर टावर बट्टारमा मन्त्री बस्नेतले नुवाकोटका नेकपाका जनप्रतिनिधिहरुसगँहरुको भेटघाट कार्यक्रम तय भएको थियो ।

प्रतिक्रिया दिनुहोस्